May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

धरान । लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौं बिच मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गिएकाे छ ।

धरान स्थित एन्फा एकेडमीकाे खेल मैदानमा भएकाे मैत्रीपूर्ण खेलमा १/१ गाेलकाे बराबरीमा टुङ्गीएकाे हाे । खेलकाे पहिलाे हाफमा आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौंका मिङ्मा ह्याेल्माेले गाेल गर्दै १ अग्रता लिएकाे थियाे । मध्यान्तर पछिकाे खेलमा (एलएफसी) का भाईचुङ लिम्बुले गाेल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । स्वास्थ्य जीवन, मैत्रीपुर्ण सम्बन्ध, सामुहिक कार्य प्रणालीको विकास, जीवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रवाह गर्न र खेलकुदमा युवाहरुलाई उर्जा प्रदान गर्ने उदेश्यका लागि मैत्रीपूर्ण फुटबल खेल गरिएकाे आयोजक जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओतीले बताए ।

Advertisement

खेलकाे एक दृश्य ।
खेलकाे एक झलक ।

जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा भएकाे मैत्रीपूर्ण फुटबल खेलमा लिम्बुवान फुटबल क्लब (एलएफसी) को तर्फबाट जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले टिमको नेतृत्व गर्नु भएकाे थियाे भने आदिवासी फुटबल क्लब (एलएफसी) को तर्फबाट त्रिविका प्रोफेसर तथा आदिवासी जनजाति अभियन्ता डा. कृष्ण भट्टचनले टिमको नेतृत्व गरेका थिए ।

टिमका कप्तान एवम् नेताहरू ।