April 15, 2024, Monday
२०८१ बैशाख ४, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

विजयपुर । जनता समाजवादी पार्टी फुटको संघारमा रहेको कुरा निराधार र हल्ला मात्रै भएको पार्टीका केन्द्रीय डम्बर खतिवडाले बताएका छन् । उनले संगठन फुट्ने कुरा ‘मिडियाको फन्डा’ मात्रै भन्दै पार्टीका नेता कार्यकर्ताहरूलाई एक ढिक्का हुन आग्रह गरेका छन् ।

जसपा, लिम्बुवान राष्ट्रिय समितिले नियमित रूपमा आयोजना गरिरहेको साप्ताहिक भर्चुअल लिम्बुवान संवाद श्रङ्खलाको ३८ औँ भागमा बोल्दै केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका खतिवडाले मिडियाको खपतका लागि पार्टी फुटको विषय चर्काइएको बताए । ‘पार्टी फुट्ने कुरा हल्ला हो । निराधार हो । यो मिडियाको फन्डा मात्रै हो । संसद विघटनदेखि एमसीसीको विषयमा केही राजनीतिक असमझदारीहरू भएपनि पार्टी फुट्ने विषय अतिरञ्जित कुरा हो । पार्टी एकताबद्ध छ,’ उनले भने, ‘पार्टी फुटाउनेहरू यसअघि नै ओलीको प्रतिगामी कदम समर्थन गर्दा ।

Advertisement

नेता खतिवडाले दुई पार्टीहरू मिलेर २०७७ मा जसपा भएदेखि २८ गते पहिलो संघीय बैठक र २९ र ३० गते दोस्रो केन्द्रीय समिति बैठक बसेको बताउँदै केही महत्वपूर्ण निर्णय गरेको जनाए ।

संवादमा सहभागीहरू ।

पार्टीको प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले जसपा साम्यवादी र पूँजीवादी लोकतान्त्रिक पार्टी समावेशी लोकतन्त्र र संघवादी समाजवादमा विश्वास गर्ने पार्टी भएको प्रष्ट पारे । उनले स्थानीय निकायको ७५३ वटै स्थानमा निर्वाचनमा भाग लिने बताए । उनले चैत्र २० गतेभित्र पार्टीको निर्देशिका अनुसार अघि बढ्ने जनाए । उनले पार्टीभित्रका फरक मतहरूलाई आगामी असार महिनामा हुने विधान परिषदको बैठकमा प्रस्तुत हुने गरी भिन्न भिन्न विचारहरूलाई वैचारिक हिसाबले सम्बोधन गररे समायोजन र व्यवस्थापन गर्ने बताए ।

खतिवडाले जसपा भएदेखि एमाले नेता केपी ओलीको अधिनायकवादी सरकार हटाउन सफल रहेको जनाए । उनले मधेश प्रदेशमा पार्टीको नेतृत्वमा सरकार रहेको र बाँकी छ वटा प्रदेशहरूमा ओलीको सरकार हटेर गठबन्धनको सरकार स्थापना रहनुमा पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै उच्च मनोबलका साथ काम गर्न सबैलाई आग्रह गरे ।

‘०७२ को संविधान पूर्ण होइन । हामी अझै पनि समानुपातिक निर्वाचन र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा छौँ । कम्तीमा संविधान संशोधन या पुनर्लेखन हुनुपर्छ । दश या सोभन्दा बढी स्वायत्त प्रदेशहरू स्थापना हुनुपर्छ । यसका लागि आगामी चुनावलाई अधिकतम प्रयोग गरेर संशोधन गर्ने शक्ति जुटाउनुपर्छ,’ उनले थपे ।
त्यसैगरी, पार्टीको मोरङको पथरी शनिश्चरे नगरपालिकाका अध्यक्ष फिपराज बेघाले आउँदो स्थानीय निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले नेताहरूलाई सहरमुखी नभएर गाउँ र वडामा केन्द्रित रहन आग्रह गरे । सञ्चारकर्मी समेत रहेका बेघाले आफू अग्रगामी विचार समूह हुँदै तत्कालीन संसपा आबद्ध भएको भन्दै परिवर्तनका मुद्दाहरू एकै रातमा नभएर चरणबद्धमा रूपमा हुने उनले जनाए ।

देश र विदेशबाट नेता कार्यकर्ताहरू सहभागी भएको संवाद लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा र मुख्य सचिव केदार धिमालको सञ्चालनमा भएको थियो ।