April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

ललितपुर(नेवा:) । याक्थुङ कलाकारहरूकाे सङ्गठन फक्ताङलुङ साँस्कृतिक मञ्चकाे अध्यक्षमा यादन शेर्मा निर्वाचित भएका छन् । मञ्चको आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिबेशनले गायक एवमस्तु सङ्गीतकार शेर्मालाई अध्यक्षमा चुनेको हाे ।

ललितपुर शोभाहिटीस्थित चुम्लुङ हिममा भएको महाधिवेशनले उनको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । कार्य समितिको उपाध्यक्षहरूमा मोहन मादेन र तारा थेबे, महासचिवमा कञ्चन थलङ, सचिवमा जेपी नेम्बाङ, काेषाध्यक्षमा मञ्जु लाओती र सह-कोषअध्यक्षमा शम्भु फोम्बो छन् ।

Advertisement

निर्वाचित पदाधिकारी सदस्यहरू ।

त्यस्तै, सदस्यहरूमा सगुन आङ्देम्बे, गंगा फियाक, लक्ष्मण लिम्बु, दीपा सुहाङ, पुष्पाञ्जली तिल्लिङ, राजेन्द्र केरुङ र तिर्सना नेम्बाङ छन् । मञ्च कियाचुकाे विषयगत सङ्गठन लिम्बु साँस्कृतिक परिषदअन्तर्गत समावेश सङ्गठन पनि हाे । मञ्चले केही वर्षअघि याक्थुङ लिम्बु समुदायको माैलिक लाेक र परम्परागत साङ्गीतिक विधाहरूकाे संरक्षण गर्न ‘फक्ताङलुङ आइडल’ समेत आयाेजना गरेको थियोे ।

महाधिवेशनमा कलाकारहरू सम्मानित हुँदै ।

महाधिवेशनकाे उद्घाटन किरात याक्थुङ चुम्लुङ(कियाचु) अध्यक्ष प्रेम येक्तेनले गरेका थिए । भवानीविक्रम सम्बाहाङ्फेकाे अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए ।