April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

लन्डन । बेलायतनिवासी पत्रकार, लेखक एवम् राजनीतिज्ञ विश्वासदीप तिगेलालाई मातृशाेक परेको छ । अकस्मात स्वास्थ्यमा खराबी देखापरेपछि अस्पतालमा भर्ना गरिएका तिगेलाकी आमा टिकामाया खापुङ तिगेला लिम्बुकाे ७५ वर्षको उमेरमा निधन भएको हाे ।

तेह्रथुमको माेराहाङमा १ जून १९४७ मा जन्मिएका टीकामाया खापुङ तिगेलाकाे निधन बुधबार काठमाडौंकाे सिभिल अस्पतालमा भएको माइला छाेरा विश्वासदीपले बताए । उनकाे पति मिल बहादुर तिगेलाकाे निधन सन् २०१५ काे अप्रिल २७ मा भएको थियो । उनका तीन छाेरीहरू थामुदेवी पारघारी, मनकुमारी चारकोले याख्खा र खडक कुमारी लिम्बु छन् भने टेकजंग, विश्वासदीप, थर्कदीप र सन्दीप तिगेला गरेर चार भाइ छाेराहरू छन् ।

Advertisement

स्व. टिकामाया खापुङ तिगेलासँग छाेरा विश्वासदीप(दायाँ) केही महिनाअघि नेपालमा बिदामा हुँदा ।

हात्तीखर्क छथरजोरपाटी १, धनकुटा कर्मथलाे रहेका टिकामायाकाे बसाइँ नयाँ वानेश्वरमा रहेको थियो । विश्वासदीप दर्जन बढी संघसंस्थाहरूमा आबद्ध छन् । उनी विश्व नेपाली साहित्य महासङ्घका पूर्व अध्यक्ष एवम् सल्लाहकार, कियाचु यूकेका पूर्व महासचिव, फाेनिज यूकेका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासङ्घ, यूकेका केन्द्रीय प्रतिनिधि हुन् । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)काे अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व सदस्य समेत रहेका तिगेला राजनीतिज्ञ पनि हुन् । उनी जनता समाजवादी पार्टीकाे प्रवास विशेष प्रदेश समितिका मुख्य सचिव समेत हुन् । सपरिवार बेलायतको केन्टकाे आसफाेर्डमा बस्दै आएका तिगेलाका छवटा कृति नेपाली र दुई कृति अङ्ग्रेजी भाषामा प्रकाशित छन् । पूर्व ब्रिटिस गाेरखा सैनिक समेत रहेका उनी नेपाली समाचार डटकमा प्रधान सम्पादक हुन् । तिगेला बुधबार साँझ काठमाडौं प्रस्थान गर्ने तयारीमा रहेको पारिवारिक स्राेतले जनाएको छ ।

तिगेलाकाे आमाकाे निधनमा विनेसाम विश्व केन्द्रीय समितिले शाेक सन्देश समेत जारी गरेको छ ।