सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न
विजयपुर । याक्थुङ लिम्बुहरुको संस्कृतिक जागरण गर्ने उद्देश्यले आयाेजित १० दिने के-लाङ् प्रशिक्षण सम्पन्न भएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले आयाेजना गरेको प्रशिक्षण धरानमा सम्पन्न भएको हाे ।

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाकाे प्रमुख आतिथ्यमा सम्पन्न तालिममा तीन दर्जन प्रशिक्षार्थीहरू सहभागी भएको लिवि मञ्च सुनसरी अध्यक्ष हरि इवाहाङले बताए । समापनमा लिवि मञ्चका केन्द्रीय उपमहासचिवहरू प्रदीप नेयाेङ र ज्यु र सागर सरगम चेम्जोङ, धरान उपमहानगर पालिका वडा नः१५ का अध्यक्ष नरेश इङ्वारम, किरात याक्थुङ चुम्लुङका पदाधिकारी, सल्लाहकार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए । आदिवासी याक्थुङ लिम्बु समुदायको परम्परागत बाजामध्ये के(च्याब्रुङ) हाे । के बाेकेर नाचिने नाचलाई केलाङ भनिन्छ ।

कियाचु सुनसरीका अध्यक्ष माेहन हुक्पा चाेङवाङकाे विशेष सहयोगमा भएको तालिम धरानस्थित चुम्लुङ हिममा भएको थियो । जेठ २५ बाट सुरु भएको केलाङ प्रशिक्षणमा कालिका प्रसाद हुक्पा चाेङवाङ प्रशिक्षक रहेका थिए । तालिममा याक्थुङ कल्चरल ग्रुपले समेत सहयोग गरेको थियोे ।

तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको लिवि मञ्च सुनसरीका सचिव सञ्जाेक हुक्पा चाेङवाङले बताए । उनले भविष्यमा थप साँस्कृतिक र भाषिक कार्यक्रमहरू ल्याउने याेजना रहेको बताए ।
#याक्थुङ लिम्बु कला/सँस्कृति #याक्थुङ लिम्बु
प्रतिकृया दिनुहोस्