August 16, 2022, Tuesday
२०७९ भाद्र १, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ताप्लेजुङ : ताप्लीचङ या तक्पे:चङको अपभ्रंशित रूप

ताप्लेजुङ : ताप्लीचङ या तक्पे:चङको अपभ्रंशित रूप

-युमाहाङ पालुङवा याक्थुङ

◾️पृष्ठभूमि :

Advertisement

ताप्लेजुङलाई पहिले ताप्लीचङ भनिन्थ्यो । ताप्लेजुङ भन्न र लेख्न थालिएको करिव एक सय वर्षअघिवाट नेपालको राणाकालको मध्य सयमदेखि पाईन्छ । याक्थुङ(लिम्वु)हरुको प्राचीनकालदेखिको बसोवास क्षेत्र या राज्य भएकोले भाषा याक्थुङ कै प्रयोग हुन्थ्यो । याक्थुङहरुले ताप्लीचङ/ताप्लीजङ/ताप्लीजुङ भन्थे । ताप्लीचङ भनेको भीरालो रुखविरुवा नभएको खुईले र फडानी गरेको जस्तो र गुलेली पाराको डाडा भन्ने हुन्छ । यो उत्तरवासीले नाम लाईदिएको देखिन्छ । ताप्लीचङलाई तक्पे:चङ पनि भनिन्छ । अर्थात भीर या डाँडाको टुप्पा । यो दक्षिणवासीले भनेको देखिन्छ । बाेलीचालीमा यो चङलाई जङ पनि भनिन्छ । यसर्थ भाषाको लवज, भाषिकाको कारण एकातिर ताप्लीचङ -ताप्लीजङ- ताप्लीजुङ हुदै ताप्लेजुङ भएको देखिन्छ भने अर्कोतिर तक्पे: चङ-ताप्लेचङ -ताप्लेजुङ भएकोलाई पनि नकार्न सकिँदैन । तर, कतिपयले ताप्ले नामक भोटे राजाको जोङ (किल्ला) भएकोले ताप्लेजोङ-ताप्लेजुङ भएको हो भनेर अपव्याख्या गरिरहेका छन् । ताप्ले भोटे राजा को हो ? कहिले थियो ? भनेर भन्न सकिँदैन । ताप्लीचङ यक(गढ) या तक्पे: चङ यक बनाउने राजाहरुमा छैटौं शताब्दीमा साम्वाहाङ देखिन्छन् । आठौं/नवौं शताब्दीतिर उवाहाङ, नवौंतिर माबाेहाङ, बाहौंतिर साम्दुराहाङ, चौधौंतिर साम्दुनेहाङ र फेदेम्मीहाङ, पन्ध्रौंतिर खरफेक्वाहाङ, सोह्रौँतिर गजराय, सोह्रौं/सत्रौं ताङसोवाहाङ, सत्रौंमा देशमुये र अठारौंमा युफत्ताहाङ थिए । तसर्थ, छैटौंदेखि अठारौं शताब्दीसम्म पनि ताप्लीचङमा कुनै ताप्ले राजा भएको पाइँदैन भने याक्थुङ बाहेक भोटे र शेर्पा जातिको अस्तित्व थिएन । १८ औं शताब्दीमा याक्थुलाजेको याक्थुङ राज्यहरु १९ औं शताब्दीतिर राज्यकालबाट किपटकाल शुरु भएको थियो ।

छैटौं शताब्दीअघि याक्थुङहरुकै सावा येत्हाङ र येत्हाङकाल थियो । यो ताप्लीचङ खस नेपालीमा लेख्य परम्परा शुरू भएदेखि लेख्न थालेको हो । पहिलेको सरकारी कागजमा ताप्लीजुङ छ । बिस्तारै ताप्लेजुङ बनाइयो । यो ताप्लीचङ या डाँडा हालको तोक्मे डाँडालाई भनिन्थ्यो । जहाँ अहिले पश्चिमतिर सेनाको क्याम्प रहेको छ भने पूर्वतिर सल्लेरी वन छ । यो ताप्लीचङसँगै तप्वा वरक(तक्पे वरक, तप्मा वरक, तोक्मा वरक पनि भनिन्छ) थियो । यो पोखरी वि सं २०२०-२०२५ तिर पुरेर आर्मीको टुँडिखेल बनाइएको छ । यो ताप्लेजुङ भनेको डाँडा क्षेत्र हो । पहिले बजार क्षेत्र टाढै थियो । बजारलाई लम्वर, अमिनी भनिन्थ्यो । विस्तारै बजार क्षेत्रलाई र पूरै जिल्लालाई नै ताप्लेजुङ भन्न थालियो ।

ताप्लीचङ(ताप्लेजुङ) दक्षिणपूर्वको अवस्थित तक्पे:चङ(भीर)को फेदको पहरामा भोटे राजा र भोटेनी रानीको चित्र कुंदिएको छ । जुन फोटो सिक्किमको राजा फुन्सो नाम्गेल र उनको रानीको भन्ने भनाई छ । यसबारे किंवदन्ती यस्तो पाईन्छ । तत्कालीन समयमा सिक्किमको भोटे राज्यमा गडबड भयो । त्यो बेला केही जत्था सैनिकहरु थाङवा यक(तमरखोला) आए । उनीहरुले त्यहाँको स्थानीय याक्थुङ राजाहरुसँग मिलाप गरेर लिङ्खिममा बसे । त्यसबेला सैनिकहरु ताप्लीचङ पनि आए र भीरको फेदमा वसे । सोही बखत उनीहरुको एक चित्रकारले राजा र रानीको समझनामा चित्र खोपे । त्यो राज्य क्षेत्र तत्कालीन पालुङ्वादेन राज्यभित्र पर्दथ्यो । उनीहरू त्यहाँ आएर बसेको पालुङ्वादेनको राजा ताङसोवाहाङले चाल पाए । अनि राजधानी सांवानेबावाट सैनिकहरु पठाएर सिक्किमे सैनिकहरुलाई गुलेली मटेङग्रा, घुंएत्रो आदिले हानेर खेदाए । उनीहरु भाग्दै उत्तर तमरखोलातिर लागे । बिस्तारै सबै याक्थुङहरु भएर त्यहाँबाट पनि फालेलुङ कटाईदिए । त्यो चित्र या मूर्ति कोरिएको ठाउँ मूर्ती ढुंगा नाम रहन पुग्यो ।

लेखक पालुङ्वा ।

◾️दोखु नामाकरण :

शेर्पा भाषामा चित्र कोरिएकोलाई दोकु र दुईवटा कोरिएको दोलाकुवाट दोकु-दोखु भएको भनेर कुनै कुनै शेर्पाहरुले भनेको पाईन्छ । तर उक्त चित्र कोरेको ठाउ दोखु नभएर तक्पेचङ/ताप्लीचङ हो । फेरी ताप्लीचङमा सेर्पाहरुको अस्तित्व पुरानो छैन । थाङवा यकको याक्थुङ भाषिकामा चङ शब्दहरु पाईन्छ । कतिपय भाषाहरु भोटे तथा लेप्चासँग पनि मेल खान्छ । माथि भनेझैं सिक्किमे सैनिक आएको र अर्कोतिर लेप्चा खोंडे राजा सम्म आएको प्रसंगसम्म आउँछ । तर खोंडे राजा ताप्लीचङसम्म आएको देखिँदैन । हाङदेवासम्म आएको देखिन्छ । खोंडे लेप्चा राजाको चेली फेन्दुवाको कान्छी श्रीमति थिईन् । अर्थात हाल फेन्दुवा मादेनहरुको आमा र उनीहरु सो समयमा हाङदेवा बस्दथे । ताप्लीचङमा थिएनन् । फेन्दुवाहरुबीच बेमेल थियो । सम्भवत विवाद मिलाउन खोंडे राजा आएका थिए । यसर्थ चित्र सिक्किमको राजारानीकै हुनुपर्छ । साथै दोखु नामाकरण पनि शेर्पा भाषाको होईन । किनकि दोखु भन्ने खास स्थान त्योभन्दा धेरै पूर्व दक्षिण नाम्लाङ थेगु(हाल नाम्ले पाटी) मुनि रहेको फराकिलो र घमाईलो ठाउँ हो । त्यो ठाउँमा पालुङ्वा पूर्खा गजराय र साम्ईतोङ रायहरुले जोतेर खेती गरेको कुरो छ । तो: खे-तो: खु (जोत्न) वाट तोखु – दोखु भनिएको भनाई छ । अर्को किम्वदन्ती अनुसार याक्थुङहरुको साम्माङ(आत्मादेव) तोखुमा-दोखुमा को नामवाट पनि तोखु /दोखु भएको भन्ने भनाई छ । मुन्धुममा तो: खुमा-दो: खुमा डुलीहिड्ने ठाउँ । जहाँ याक्थुङ पूर्खा सिवेरा याक्थुङमा(युमाको एक अवतार) ले पहिलो चोटी ताक्मारु धान रोपेको ठाउँ मानिन्छ । युमा डुलेको ठाउँ सिस्नावा वरक, सांवानेबा वरक, तप्वा वरक, रजा वरक, नाम्लाङ थेगु वरिपरि छदैछन । आदिम पूर्खा केसामी नाम्सामीको ठाउँ पनि हो ।

वर्तमान ताप्लेजुङ जिल्लाकाे नक्सा ।

◾️ताप्लीचङ राज्य र ताङसोवाहाङ राजाबारे

याक्थुङ सेन्दाङ वंशावलीमा ताप्लीचङ/ ताप्लीजुङको पालुङवा राजा ताङसोवाले सेन्दाङ राजालाई आक्रमण गरी मारेका थिए ।

त्यस्तै पालुङ्वा किम्वदन्तीमा पनि ताङसोवाहाङ शक्तिशाली राजा थिए । नले शिर्तोकको कारण सेन्दाङ राजालाई हमला गरी मारेका थिए । ताङसोवाहाङ अरु रजौटाहरुवाट शिर्तोक (कर) लिने गर्दथे । पालुङ्वादेन राज्यको सम्बन्ध विजयपुर राज्यसँग राम्रो थियो । ताङसोवाहाङ विजयपुरको लोहाङ सेनकालीन थिए । नोगेन ।

(लेखक पालुङ्वाकाे उपयुुक्त लेख निजी धारणा हुन् । सं.)