April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र प्रधानलाई

फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र प्रधानलाई

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेद्वारा प्रदान गरिने फोनिज यूके पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार निलिफा सुब्बा र टिकाराम प्रधानलाई दिइने भएको छ ।  

वार्षिक रुपमा वितरण हुँदै आएको पुरस्कार यस वर्ष सुब्बा र प्रधानलाई दिने निर्णय गतसाता सम्पन्न फोनिज यूके बैठकले गरेको हो । पुरस्कारको राशी २५-२५ हजार रुपियाँ नगद र ताम्रपत्र रहेको छ ।

Advertisement

फोनिज यूकेको केन्द्रीय समितिबाट सिफारिश भएका पाँचमध्ये दुई जनालाई पुरस्कार छनोट समितिले छनोट गरेको हो।

पुरस्कार छनोटका लागि बसेको बैठकमा प्रमुख संयोजक सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा, सहसंयोजक दूतबहादुर पुन, फोनिज यूके अध्यक्ष गोमा राना, निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राई, उपाध्यक्ष बम थापा सूर्यबंशी र सचिव लीला सेलिङको उपस्थिति थियो ।  

पुरस्कारका लागि छनोटमा परेकी सुब्बाले धरानकेन्द्रित पत्रकारिता गर्दै आएकी छन् । उनी हाल ब्रिटिश फोर्सेस ब्रोडकास्टिङ सर्भिस (बीएफबीएस) मा कार्यरत छन् । यसअघि उनले ब्लाष्ट टाइम्स दैनिक, मर्निङ टाइम्स दैनिक, गणतन्त्र एफएम, सञ्चारिका समूहमा पनि आबद्ध थिइन्।

त्यस्तै, पुरस्कारका लागि छनिएका प्रधान पत्रकारितामा २० वर्ष बढीको अनुभव संगालेका पत्रकार हुन्।नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य तथा फोनिज केन्द्रीय समितिको पूर्व कोषाध्यक्ष रहिसकेका प्रधान हाल द काठमाण्डु पोष्ट दैनिकमा कार्यरत छन् । यसअघि १६ वर्ष द हिमालयन टाइम्स दैनिकमा काम गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन्।