२ महिना थप गरियो अन्तःशुल्क लाइसेन्स नवीकरण म्याद
काठमाडौं-अर्थ मन्त्रालयले अन्त:शुल्क इजाजत नवीकरणको म्याद दुई महिना थप गरेको छ। अन्त:शुल्क ऐन २०५८ को व्यवस्थाअनुसार साउनभित्र गर्नुपर्ने इजाजत नवीकरणको समय असोज मसान्तसम्म थपिएको हाे। 'अन्त:शुल्क ऐन २०५८ को दफा ९ को उपदफा ५ बमोजिम अन्त:शुल्क इजाजतपत्र हरेक वर्ष श्रावण...
