विप्लवका लमजुङ जिल्ला इन्चार्जसँगै ६ जना विष्फोटक पदार्थसहित पक्राउ
लमजुङ : प्रहरीले नेत्र विक्रम चन्द्र (विप्लव) समूहका लमजुङ इन्चार्जसहित ६ जनालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको छ। प्रहरीले लमजुङको दोर्दी गाउँपालिका–८ खिन्चोक पाँचस्वाराबाट रोल्पाको गंगादेव गाउँपालिका–२ घर भएका विप्लव समूहका लमजुङ जिल्ला ईन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी (आक्रोश), लमजुङको दोर्दी गाउँपालिका–७ घर...
