May 18, 2026, Monday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

काठमाडौँ-रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारलकाे चासो

काठमाडौँ-रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारलकाे चासो

भाद्र १२, काठमाडौँ-रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको उहाँको भनाइ…

महामारीले श्रमिक आपूर्ति प्रक्रिया अवरुद्ध हुँदा कतारमा श्रमिकको अभाव

महामारीले श्रमिक आपूर्ति प्रक्रिया अवरुद्ध हुँदा कतारमा श्रमिकको अभाव

नेपालीको प्रमुख गन्तव्य कतारमा श्रमिकको अभाव देखिन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीले श्रमिक आपूर्ति प्रक्रिया अवरुद्ध हुँदा कतारले अरू देशबाट श्रमिक ल्याउन नपाएपछि रोजगारदाताहरूले नया श्रमिक भर्ती गर्न पाएका छैनन् । श्रमिक अभाव हुन थालेपछि कतार चेम्बर अफ कमर्सले रोजगारी गुमाएर कतारमै बस्न इच्छुक श्रमिकलाई नयाँ रोजगारीका लागि आवेदन दिनसमेत अनुरोध गरेको…

  • चिसोमा कोरोना भाइरसको जोखिम बढ्ने :डब्लुएचओ

    चिसोमा कोरोना भाइरसको जोखिम बढ्ने :डब्लुएचओ

    भाद्र १२, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिसो याममा कोरोना भाइरसको जोखिम बढ्ने चेतावनी दिएको छ । डब्लुएचओले चिसोयाममा युरोपमा कोरोना संक्रमणको खतरा अझ तीव्र हुने चेतावनी दिएको हो। चिसोयाममा भाइरसका कारण अस्पतालमा भर्ना हुनेको संख्या बढ्ने र मृत्यु दरमा अझ...

  • भदौभित्रै नेपालकाे रेल आइपुग्ने

    भदौभित्रै नेपालकाे रेल आइपुग्ने

    भाद्र १२, जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिनुभयो । “कोरोना महामारीको सङ्क्रमण सामान्य...

  • खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा : निक्र्योल हुन बाँकी

    खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा : निक्र्योल हुन बाँकी

    भाद्र १२, विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।...

  • सरकारको पहिलो प्राथमिकता नै   जनताको ज्यानको रक्षा

    सरकारको पहिलो प्राथमिकता नै जनताको ज्यानको रक्षा

    भाद्र १२, मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सृुझाव...

  • सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    भाद्र ११, सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई विहीबार राहत वितरण गरेको छ । जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार १२ हजार रूपैयाँ वितरण गरेको हो...

  • सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

    सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

    भाद्र ११, जनकपुरधाम । तीनै तहको सरकारले लकडाउनको नाममा व्यापारीहरुलाई धरासायी गर्ने काम गरिरहेको भन्दै धनुषा चेम्बर अफ कमर्सले विहीबार दिउँसो जनकपुरमा विरोध प्रदर्शन गरेको छ । उद्योगी व्यापारीहरुले तिरेका ट्याक्सको पैसाले सरकारदेखि सम्पूर्ण निकायका कर्मचारीहरुले तलब भत्ता लिइरहेका समयमा...

  • किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना गोप्य राख्यो !

    किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना गोप्य राख्यो !

    भाद्र ११, काठमाडाैं । ललितपुरस्थित किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको सूचना लुकाएको जनाइएको छ । धमाधम स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै होम आइसोलेसनमा बसेर निको भएपछि काममा फर्किन थालेसँगै स्वास्थ्यकर्मी संक्रमित भएको सूचना नै लुकाएको जनाइएको हो । श्रोतका अनुसार...