अत्यावश्यक वस्तुको मूल्य अकासिन थालेपछि सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल
आश्विन १०, काठमाडौं । कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण छ ।...
