April 14, 2024, Sunday
२०८१ बैशाख ३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

एफएनजे पत्रकारिता पुरस्कार पाेख्रेल र रानाभाटलाई

एफएनजे पत्रकारिता पुरस्कार पाेख्रेल र रानाभाटलाई

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्धारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष पत्रकारद्धय खेमराज रानाभाट र नवीन पोखरेललाई दिइने भएको छ। पुरस्कार छनोटका लागि शाखाद्धारा गठित स्वतन्त्र समितिको सिफारिशको आधारमा रानाभाट र पोखरेललाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ प्रदान गरिने शाखाले जनाएको छ। हिमालखबरमा प्रकाशित ‘बेलायती गोर्खा सैनिक अब आफ्नो…

स्पष्टीकरण मागिएको सत्य हाेइन : एनआरएनए महासचिव लिम्बु

स्पष्टीकरण मागिएको सत्य हाेइन : एनआरएनए महासचिव लिम्बु

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नाममा गत २६ जुनमा सम्प्रेषित विज्ञप्ति आधिकारिक नभएको संघले जनाएको छ । बैठक बस्ने वा नबस्ने भन्ने विषयमा महासचिवले विरोधाभाषपूर्ण इमेलहरु सम्प्रेषित गरेकोले स्पष्टिकरण सोधिएको भन्ने विज्ञप्ति प्रकाशित भएपछि सचिवालयले तुरुन्तै खण्डन गर्दै आधिकारिक विज्ञप्ति जारी गरेको हो । गत शनिबार २५ जुनका लागि तय गरिएको कार्यसमितिको नियमित…

  • एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

    एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

    लन्डन । संघको फेसबुक पेज ह्याक गरि सामाजिक विखण्डन ल्याउन उद्यत भएपछि एनआरएनए यूके महासचिव खुशी लिम्बुविरुद्ध बेलायती प्रहरीमा साइबर क्राइमको उजुरी परेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सोमबार २७ जुनमा अल्डरसटस्थित हयाम्पसायर कन्सटबुलरीमा लिम्बुविरुद्ध उजुरी दिएका हुन्...

  • गाेरखा वकमा हजार बढीको सहभागिता  

    गाेरखा वकमा हजार बढीको सहभागिता 

    आसफाेर्ड(केन्ट) । गाेरखा पिस फाउन्डेसनले वर्षेनी आयाेजना गर्ने गाेरखा वकमा यस वर्ष पनि उल्लेख्य सहभागिता भएको छ । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेता गाेरखा सैनिकहरूकाे सम्झनामा स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् सम्पन्न भएको छ...

  • नेफिन यूकेले आदिवासी दिवस मनाउने

    नेफिन यूकेले आदिवासी दिवस मनाउने

    लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आदिवासी दिवस मनाउने भएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर नेफिन यूकेले दिवस मनाउन लागेको हाे । केही दिनअघि बसेकाे भर्चुअल बैठकले आगामी अगष्ट १४ मा विश्व आदिवासी दिवसका दिन कार्यक्रम...

  • एनआरएनए यूकेसँग पूर्वमन्त्रीहरू

    एनआरएनए यूकेसँग पूर्वमन्त्रीहरू

    लन्डन, गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका पूर्वमन्त्री रसांसदहरुसंग एक अन्तरक्रिया गरेको छ । शुक्रबार सांझ अल्डरसटस्थित आफ्नै कार्यालयमा पूर्वमन्त्रीहरु डा. मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे तथासांसदहरु प्रमिला राई, जयकुमार राईलगायत नेतासंग अन्तरक्रिया भएको हो । भूतपूर्व गोर्खा मुद्दा र एनआरएनए नागरिकता केन्द्रित उक्त कार्यक्रममा पूर्व मन्त्री र सांसदहरुलेप्रवासमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्काउने वातावरण मिलाउन, उनीहरुलाई आवश्यकसुविधा दिन र गोर्खा मुद्दा समाधानमा दत्तचित्त भएर लाग्ने आश्वासन दिए । कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भूतपूर्व गोर्खा मुद्दामा नेपाली कांग्रेसकासभापति प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक पहल र प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्दै योविषय गम्भीर रुपमा टुंग्याउनुपर्ने बताए । डा. रिजालले नागरिकता विधेयक संसदमा प्रस्तुत भइसकेकाले त्यो पारित हुनेमा ढुक्क हुन आग्रह गरे। ‘हामीले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार रहने भनेर संविधानमालेख्यौं तर कानून नियमले संकुचित गर्न खोज्यौं’- उनले भने, ‘केही साथीहरु संविधानमा लेखिएकाकुरा अहिले तलमाथि गर्न खोजेर विधेयक अड्किइरहेको छ ।’ कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भूतपूर्व गोर्खा मुद्दा समाधान गर्न सहज नभएपनि समाधाननगरि नहुने भएकाले बेलायत सरकारलाई तीव्र दवाव दिइरहन आवश्यक रहेको बताए । नेता पाण्डेले गोर्खा मुद्दामा ऐक्यवद्धता जनाउंदै आफूहरु नेपाल फर्किएर परराष्ट्रमन्त्री नारायणखड्कालाई भेटी यसबारे थप झकझकाउने आश्वासन दिए । पाण्डेले नेपालको संविधानले प्रदत्त गरेको गैर आवासीय नागरिकता दिने सवालमा खास समस्यानभएको तर वंशजको नागरिकता दिन्छौं भन्न नसकिने बताए । उनले एनआरएनए नागरिकता विधेयकपारित हुने बताए । ‘तपाईंहरु नेपाल नगएपनि बुद्धि र पैसा नेपाल पठाउनुस्, यहां पार्टीगत गुटउपगुट वा जुलुस धर्ना गरेरनबस्नुस्’, पाण्डेले सुझाए, ‘बरु बेलायती संसदमा नेपाली प्रतिनिधित्व हुने वातावरण मिलाउन सकेहाम्रा कुरा सधैं संसदमा राख्न सकिन्छ ।’ कार्यक्रमका सभापति तथा एनआरएनए यूके प्रेम गाहामगरले नेताहरुसंग भूतपूर्व गोर्खा मुद्दासमाधानमा पहल र संसदमा विचाराधिन गैर आवासीय नेपाली नागरिकता विधेयक पारित गर्नपहलका लागि जोड दिए । एनआरएनए यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममासांसदहरु पदम गिरी, जयकुमार राई, श्याम श्रेष्ठ, रामबाबु यादव, प्रमिला राई, एनआरएनए यूकेप्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व महासचिव आरकेत्रिपाठी, भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई लगायतले पनि सम्वोधन गरे । नेपालका प्रमुख दलका वरिष्ठ नेताहरु सहभागी कार्यक्रम र गहन मुद्दामा राखिएको अन्तरक्रियामाएनआरएनए यूके कार्यसमितिकै पदाधिकारी भने सहभागी थिएनन् । कार्यक्रममा आफू, उपाध्यक्ष मोहन कार्की, युवा संयोजक तीर्थ मल्ल र सदस्य बालकृष्ण दाहालमात्रसहभागी भएपछि अध्यक्ष प्रेम गाहामगरले यसलाई ‘दुःखद’ र ‘विडम्बना’ भनेका छन् ।

  • फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र प्रधानलाई

    फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र प्रधानलाई

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेद्वारा प्रदान गरिने फोनिज यूके पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार निलिफा सुब्बा र टिकाराम प्रधानलाई दिइने भएको छ ।   वार्षिक रुपमा वितरण हुँदै आएको पुरस्कार यस वर्ष सुब्बा र प्रधानलाई दिने निर्णय...

  • एनआरएनएले राजनीतिक प्रतिनिधिमण्डलसँग अन्तरक्रिया गर्ने

    एनआरएनएले राजनीतिक प्रतिनिधिमण्डलसँग अन्तरक्रिया गर्ने

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका नेपाली राजनितिक प्रतिनिधि मण्डलसँग विशेष भेटघाट तथा अन्तरकृया कार्यक्रम गर्ने भएको छ । बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न लण्डन पुगेका पूर्वमन्त्रीज्यूहरु डा. मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे साथै...

  • भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

    भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

    आसफाेर्ड(केन्ट) । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेताहरूकाे सम्झनामा गाेरखा पिस फाउन्डेसनले यस वर्ष समेत गाेरखा वक् गर्ने भएको छ । स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् हुन लागेको हाे । फाउन्डेसनले वार्षिक रूपमा च्यारिटीका लागि...