April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

विजयपुर । किरात याक्थुङ चुम्लुङले लिम्बुवानकेन्द्रित अभियान तीव्र बनाउँदै प्राज्ञिक कार्यक्रम आयाेजना गरेको छ । केन्द्रीय समितिले धरानमा एक सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया सम्पन्न गरेको छ । चुम्लुङ हिममा आइतबार आयाेजित ‘किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणत्मक अध्ययन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको केन्द्रीय समितिले जनाएको छ । संघीय अध्यक्ष प्रेम येक्तेनको सभापतित्वमा सम्पन्न भएकाे अन्तरकृयामा प्रदेश…

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७८ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबो (दुताराज राई)लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) साहित्यिक त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । वाम्बुले भाषाका कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय…

  • माङसाहाङ लिम्बु पहिलो अपाची पाइलट बन्दै

    माङसाहाङ लिम्बु पहिलो अपाची पाइलट बन्दै

    लन्डन । ब्रिटिस सेनामा सेवारत माङसाहाङ लिम्बु पहिलाे पटक अपाची हेलिकप्टर पाइलट बन्ने भएका छन् । कठिन मानिने एयर आर्मी काेर्प्सकाे अपाची हेलिकप्टर पाइलट बन्ने उनी पहिलो नेपाली समेत हुनेछन् । फाेर्सेस नेटले उल्लेख गरेअनुसार काेर्प्सले गत फेब्रुअरी महिनामा पाइलट...

  • यसरी बित्याे मन्त्री पाैडेलकाे बेलायती बसाइँ

    यसरी बित्याे मन्त्री पाैडेलकाे बेलायती बसाइँ

    लन्डन । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलकाे बेलायतकाे भ्रमण व्यस्त तालिकाबीच सम्पन्न भएको छ । एक अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागितासँगसँगै आधा दर्जन बढी संघसंस्थाकाे भेटघाटमा व्यस्त भएर मन्त्री पाैडेल शुक्रबार स्वदेश फिर्दैछन् । मन्त्री पाैडेल शैक्षिक विश्व...

  • कतारमा प्लास्टिकको झाेला प्रयाेगमा राेक

    कतारमा प्लास्टिकको झाेला प्रयाेगमा राेक

    शारदा भुजेल, दाेहा । कतारमा प्लास्टिकको झोलाको प्रयोगमा रोक लगाइएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारमा प्लास्टिकको झोला निषेध गर्ने नगरपालिका मन्त्रालयले तयार पारेको मस्यौदालाई पास गरेको हो। वातारणीय प्रदूषण कम गर्न कतारले प्लास्टिक झोलाको प्रयोगमा बन्देज लगाउने निर्णय गरेको...

  • मन्त्री पाैडेललाई एनआरएनए यूकेकाे ज्ञापनपत्र

    मन्त्री पाैडेललाई एनआरएनए यूकेकाे ज्ञापनपत्र

    लन्डन ।गैर आवासीय नेपाली संघ बेलायतले शिक्षा, विज्ञान  तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाईज्ञापन पत्र दिंदै गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न जोडदार माग गरेको छ ।   हाल बेलायत भ्रमणमा रहेका मन्त्री पौडेललाई आफ्नै कार्यालयमा स्वागत गर्दै संघले एकज्ञापनमार्फत गैरआवासीय नेपालीहरुलाई नेपालको नागरिकताबाट बन्चित गराउने खालका नेपालकोसंविधान तथा कानुनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गर्न पनि माग गरेको छ । अध्यक्ष प्रेम गाहा मगरले मन्त्रीलाई ज्ञापन पत्र हस्तानतरण गरेका हुन् ।अध्यक्ष गाहा मगर र उपाध्यक्षनारायणदत्त कंडेलले हस्ताक्षर गरेको उक्त ज्ञापनमा सम्पत्तिको सुरक्षा, भूतपूर्व गोरखा सैनिकहरुलाईन्याय, लगानी मैत्री वातावरण निर्माण, अध्ययनका लागि बेलायत आउने विद्यार्थीका समस्या  समाधानआदि उल्लेख छ ।   ज्ञापन जस्ताको तस्तै:  मिति: २५ मे २०२२  माननीय मन्त्री देवेन्द्र पौडेलज्यू  शिक्षा, विज्ञान  तथा प्रविधि मन्त्रालय नेपाल सरकार काठमाण्डौ ज्ञापन पत्र ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ स्थापित गैरआवासीय नेपाली संघ  नेपाल, नेपालमाबस्ने नेपाली र नेपाल बाहिर रहेका नेपालीहरुको हितमा कार्य गर्ने संसारभरि रहेका नेपालीहरुकोसाझा संस्था हो । त्यसैले नेपालको समुन्नती र विकास, आर्थिक सामाजिक तथा राजनीतिकरुपान्तरण तथा विदेशमा बस्ने नेपालीहरुको अधिकार संरक्षण संवर्धन गैरआवासीय नेपाली संघकोप्रत्यक्ष सरोकारको क्षेत्र हो । यी लगायत मातृभूमि नेपाल र गैरआवासीय नेपालीहरुको हित जोडिएकाक्षेत्रहरुमा कार्य गर्न सरकारको प्रत्यक्ष र सकारात्मक सहयोग आवश्यक हुन जान्छ । अतः नेपालको मूल कानुन, ऐन नियम तथा सरकारको नीति तथा कार्यक्रममा आवश्यक परिवर्तन गर्नुपर्ने विषयहरु, नियम कानुनले समेटेका र देशले नीतिगत रुपमा स्वीकार गरिएका भए पनि अस्पष्टताभएका र कार्यान्वयन हुन नसकेका विषयहरु र सरकारको दृष्टि नपुगेका कतिपय गैरआवासीयनेपालीका लागि प्रत्यक्ष सरोकार राख्ने विषयहरुका सम्बन्धमा नेपाल सरकारको ध्यान आकृष्ट होस्भन्नका लागि गैरआवासीय नेपाली संघ युके माननीय मन्त्रीज्यू  मार्फत नेपाल सरकारसमक्ष  निम्नलिखित माग सहित यो ज्ञापन पत्र पस्तुत गर्द छ । १. नागरिकताको निरन्तरताका सम्बन्धमा  गैरआवासीय नेपालीहरु नेपालको वंशज नागरिकको रुपमा विदेशिएका नेपालीहरु हुन् । आर्थिकतथा अन्य कारणले देश छोडेका यी जन्मसिद्ध नेपालीहरुलाई उनीहरुको नेपाली वंश, परंपरा भेषभुषा, भाषा संस्कृति, समाज, नेपाल र नेपालीसंगको नातालाई राजनीतिक रुपमा चुँडाउने कार्य दीर्घकालिनरुपमा नेपाल र नेपालीको हितमा छैन । अतः गैरआवासीय नेपालीहरुलाई नेपालको नागरिकताबाटबन्चित गराउने खालका नेपालको संविधान तथा कानुनमा भएका असमान प्रावधानहरुलाई तुरुन्तपरिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकताको निरन्तरताको प्रत्याभूति गर्नगैरआवासीय नेपाली संघ युके नेपाल सरकारसंग जोडदार माग गर्दछ । २. सम्पत्तिको सुरक्षाका सम्बन्धमा  (क) गैरआवासीय नेपालीहरुको नेपालमा रहेको अचल सम्पत्तीका सम्बन्धमा सरकारको अस्पष्टनीति  तथा सम्पत्तिको प्राप्ति, भोगचलन र स्वामित्व हस्तान्तरणका सम्बन्धमा नेपालमा स्पष्ट नीतिनियमको अभाव छ ।  फलस्वरुप गैरआवासीय नेपालीहरु नेपालमा रहेको उनीहरुको अचलसम्पत्तिका सम्बन्धमा असुरक्षित महसुस गरिरहेका छन् भने अचल सम्पत्तिको प्राप्ती, भोगचलन रस्वामित्व हस्तान्तरणका सम्बन्धमा व्याप्त प्रशासनिक  झन्झटका कारण गैरकानुनी बाटोबाटनेपालको सम्पत्ति बाहिरिएको तर्फ ध्यान दिन गैरआवासीय नेपाली संघ युके नेपाल सरकारलाईजोडदार माग गर्दछ ।  (ख) नेपालको संविधानले ब्यक्तिलाई सम्पत्तिको पूर्ण अधिकारको ग्यारेन्टी गरिसकेको अवस्थामासम्पत्तिको प्राप्ती, भोगचलन र स्वामित्व हस्तान्तरणका सम्बन्धमा आम  नेपाली र गैरआवासीयनेपालीको विचमा कुनै भेदभाव नहुने गरी स्पष्ट कानुनी ब्यवस्था गर्न गैरआवासीय नेपाली संघ युकेनेपाल सरकारसंग जोडदार माग गर्दछ । ३. गोरखा शैनिकहरुलाई न्याय दिलाउने सम्बन्धमा  बेलायती सैनिक सेवामा कार्यरत तथा सेवानिवृत्त गोरखा सैनिक र उनीहरुका परिवारको अधिकारसेवा सुविधा तथा निवृत्ति भरणका सम्बन्धमा भएको भेदभाव  तथा ऐतिहासिक  रुपमा भएको शोषणतथा अन्यायको अन्त्य गरि वीर गोरखालीलाई न्याय दिलाउन, सम्बन्धित सरोकारवालाहरुकोसहभागितामा नेपाल सरकारले तुरुन्त बेलायत सरकारसंग वार्ता शुरु गर्न गैरआवासीय नेपाली संघयुके नेपाल सरकारसंग जोडदार माग गर्दछ । ४. लगानी मैत्री बातावरण निर्माण गर्ने सम्बन्धमा  गैरआवासीय नेपालीहरु नेपालको समग्र विकासमा सहभागी हुन चाहन्छन् । नेपालको औद्योगिक तथाव्यापारिक नीति,  बैकिङ्ग प्रणाली, कर प्रणाली तथा लगानि र प्रतिफलसंग जोडिएका कानुनीझन्झटहरुलाई हटाउन गैरआवासीय नेपाली संघको समेत संलग्नतामा कानुन तथा नीतिगतविषमताको अध्ययन र आवश्यक  पुनरावलोकन गरी नेपालको आर्थिक तथा भौतिक विकासमागैरआवासीय नेपालीहरुको योगदानलाई बढाउन अनुकूल वातावरण तयार पार्न गैरआवासीय नेपालीसंघ युके नेपाल सरकारसंग जोडदार माग गर्दछ । ५. अध्ययनका लागि बेलायत आउने विद्यार्थिहरुका सम्बन्धमा  नेपालबाट बेलायतमा उच्च शिक्षा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुले अध्ययन तथारोजगारीको समुचित मौका नपाएको तथा उनीहरुको दैनिकी जटिल बन्दै गैरहेका जानकारीहरुआइरहेका छन् ।  कतिपय अवस्थामा भाषा लगायतको अयोग्यता तथा अपर्याप्त  कागजातका कारण बेलायत प्रवेशमासमेत रोक लगाइएर फर्काइएको अवस्था छ । यी सबै समस्या कुनै न कुनै रुपमा नेपालमा रहेकाएजेन्ट (दलाल) को गलत सल्लाहले भूमिका खेलेको छ भने शैक्षिक यात्राका नाममा नेपालीयुवाहरुको भविष्य माथि खेलवाड गर्ने शैक्षिक ब्यापारीहरुलाई नियमन गर्ने सरकारको कठोर नीतिकोपनि अभाव छ ।  अतः वैदेशिक अध्ययनका लागि सहजीकरणका लागि खुलेका संस्थाहरुलाई कठोर नियमन गरीजिम्मेवार बनाउन तथा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको भविष्य सुनिष्चित गर्न आवश्यककदम चाल्न गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारसंग जोडदार माग गर्दछ । भवदीय प्रेम गाहा मगर अध्यक्ष गैर आवासीय नेपाली संघ यूके नारायणदत्त कडेल उपाध्यक्ष गैर आवासीय नेपाली संघ, यूके तथा  संयोजक कानून विभाग

  • लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

    लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

    लन्डन । विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । लिम्बुवान स्वायत्तताको मुद्दामा निरन्तर आवाज उठाउनुका साथै याक्थुङ लिम्बु भाषाको विकासमा योगदान दिएको भन्दै समाजले...

  • चुम्लुङ यूकेकाे च्यारिटी डिनर मे २८ मा हुँदै

    चुम्लुङ यूकेकाे च्यारिटी डिनर मे २८ मा हुँदै

    लन्डन । याक्थुङ लिम्बुहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ यूकेले यस बर्षको च्यारिटी डिनर आयाेजना गर्ने भएको छ । यहीँ आउँदो मे २८ का दिन अल्डरसटको एम्पायर हलमा च्यारिटी डिनर कार्यक्रम आयोजना गर्न लागेकाे हाे । चुम्लुङ यूकेकाे केन्द्रीय समितिले...

  • नेपाली राष्ट्रिय फुटबल टाेली कतारमा

    नेपाली राष्ट्रिय फुटबल टाेली कतारमा

    शारदा भुजेल, दोहा । एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार आउदै छ । एन्फाका अनुसार नेपाली फुटबल टोली थप अभ्यास तथा बन्द प्रशिक्षणका लागि कतार आउन लागेको हो । नेपाली टोलीले यहाँ मैत्रीपूर्ण खेल खेल्ने...