April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

फेदापको इतिहास विकृत बनाउने गरी गाउँपालिकाले शालिक बनाएको छ – फेदाप समाज

फेदापको इतिहास विकृत बनाउने गरी गाउँपालिकाले शालिक बनाएको छ – फेदाप समाज

पोक्लावाङ (फेदाप) । तेह्रथुम जिल्ला फेदाप गाउपालिकामा निर्माण भैरहेको पुर्खाको स्मारक भनेर प्रचारबाजी गरिएका स्मारकाले इतिहास तथा पहिचान बंग्याएको भन्दै सच्याउन माग गरिएको छ । फेदाप समाज केन्द्रीय सचिव सन्तोष कुरुम्बाङले  प्रेस विज्ञिप्ति जारी गर्दै निर्माणाधीन स्मारकप्रति आपत्ति जनाएको छ । जारी प्रेस विज्ञिप्तिमा फेदापको इतिहासमा केहि चासो देखाए पनि पर्याप्त छलफल र अध्ययनबिना हचुवाको…

एनआरएनए डेलिग्ट्स लिस्टमा भएको अनियमितता तत्काल सच्याउन आईसिसिको माग

एनआरएनए डेलिग्ट्स लिस्टमा भएको अनियमितता तत्काल सच्याउन आईसिसिको माग

काठमाडौँ – गैरआवासीय नेपाली संघ केन्द्रीय सचिवालयले प्रकाशन गरेको १० औँ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) हरुको नामावलीमा व्यापक फेरबदल गरिएका प्रमाणहरु प्राप्त भएका छन । एनआरएनए आईसिसिले गरेको मनोपोलीबिरुद्द अन्यायमा परेको भन्दै एनआरएनएका अभियन्ताहरु पुर्व सचिब जानकी गुरुङ , मानार्थ सदस्य नवराज ओली(शनि) र एनआरएनए युएसएका सल्लाहकार बेद प्रसाद खरेलले बिहिबार नेपाल सरकार पररास्ट्र…

  • एमसीसी पारित नगर्न भन्दै आदिवासी साहित्यकारहरुको कडा विरोध

    एमसीसी पारित नगर्न भन्दै आदिवासी साहित्यकारहरुको कडा विरोध

    काठमाडौँ । अमेरिकी सहायता परियोजना मिलेनियस च्यालेन्ज कार्पेरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्न सरकारले तयारी गरेको प्रति आदिवासी जनजाति साहित्यकार/लेखक महासंघले आपत्ति जनाएको छ । एमसीसी सम्झौताले मुलुकको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्ने त्यसैगरी राष्ट्रिय स्वाधीनतालाईनै कमजोर बनाउने सर्तहरु राखेर सम्झौता...

  • क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा सागर केरुङको युप्पारुङ मनोनीत

    क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा सागर केरुङको युप्पारुङ मनोनीत

    काठमाडौ, २५ भदौ । क्वालिटी फिल्मस प्रा.लि. द्वारा आयोजना भएको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभ मनोनयनमा लिम्बु भाषाको म्युजिक भिडियो "युप्पारुङ" परेको छ । युप्पारुङ्का लागि भिडियोका निर्देशक सागर केरुङले मनोनयन पत्र पाएको छ । चन्द्रकला साँवाको निर्माण...

  • तीजा अर्थात् तीज

    तीजा अर्थात् तीज

    कैलाश पर्वतको दक्षिण फेदिमा कुनै समय मष्ट महाराजको राज्य थियो । मष्ट महाराजको राज्यमा सबैको हेरचाहाँ मष्ट स्वयमले गर्नु हुन्थ्यो। कसैले पनि आफ्नो राज्यमा दुःख नपाउन भन्ने चाहना उहाँको थियो । आफ्ना पाली, प्रजाहरुले दुःख पाएको उहाँलाई मन पर्दैन थियो...

  • गोर्खा सैनिकहरुको पेन्सन पुनरावलोकन गर्न बेलायत तयार, सेप्टेम्बरमै छलफल हुने

    गोर्खा सैनिकहरुको पेन्सन पुनरावलोकन गर्न बेलायत तयार, सेप्टेम्बरमै छलफल हुने

    लन्डन  । भूतपूर्व गोर्खा सैनिकहरुले पाउने पेन्सन लगायतका सुविधा पुनरावलोकन गर्न बेलायत सरकार तयार देखिएको छ ।  बेलायती रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघ, एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरलाई पत्र लेख्दै भूतपूर्व गोर्खा सैनिकहरुको गोर्खा पेन्सन योजना(गोर्खा पेन्सन स्किम, जिपिएस)पुनरावलोकनगर्न सरकार तयार रहेको जनाएको हो ।  अध्यक्ष गाहा मगरले अगष्ट १६ मा ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्दै ब्रिटिश गोर्खा सैनिकहरुले उठाउँदै आएको समान पेन्सन र समान सुविधाको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए ।  ब्रिटिश रक्षा मन्त्रालयले सेप्टेम्बर ७ मा सोही पत्रको जवाफ लेख्दै माग बमोजिम पेन्सन लगायतका सुविधा पुनराबलोकन गर्न सरकार तयार रहको जनाएको हो ।  ‘बेलायत सरकार गोर्खा सैनिकहरुको योगदानको उच्च मूल्यांकन गर्दछ’ पत्रमा भनिएको छ ‘बेलायती सशस्त्र फौजमा उनीहरुको गौरवान्वित इतिहास रहेको छ।’ सन् २०१९ मा तय गरिएको पेन्सन सुविधामा वृद्धि गर्न पनि बेलायत सरकार तयार देखिएको छ । ‘गोर्खा भेट्रान्सको पेन्सन सुविधा वृद्धि गर्र्न बेलायत सरकार तयार छ’ पत्रमा भनिएको छ ‘त्यसका लागि बेलायत सरकारले यसै महिना(सेप्टेम्बर)मा छलफलको आयोजना गर्दैछ ।’ सेप्टेम्बर भित्रै हुने छलफलमा ब्रिटिश रक्षा मन्त्रालय, ब्रिटिश आर्मी मुख्यालय, गोर्खा सैनिकका प्रतिनिधिहरुका साथ बेलायतस्थित नेपाली राजदूतको पनि सहभागिता रहने मन्त्रालयले जनाएको छ । छलफलको मिति भने किटान गरिएको छैन ।  गोर्खा सैनिकका माग सम्बोधनका बारेमा ब्रिटिश सरकारले एकै वर्ष भित्र एनआरएनए एनसीसी यूकेलाई पत्र लेखेको यो दोश्रो पटक हो । यसअघि गत अप्रिलमा एनसीसी यूकेको ब्रिटिश गोर्खा विभागले ब्रिटिश प्रधानमन्त्रीलाई लेखेको पत्रको पनि ब्रिटिश रक्षा मन्त्रालयले गत मेमा जवाफ पठाएको थियो ।  गत अगष्टमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले तेह्र दिन लामो आमरण अनसन गरेको थियो । ब्रिटिश रक्षा मन्त्रालयले गोर्खा सैनिकहरुले उठाएका मुद्दाप्रति बेलायत सरकार सकारात्मक रहेको र द्विपक्षीय वार्ताबाट माग सम्बोधन गर्ने बताएपछि उक्त अनसन तोडिएको थियो ।  एनसीसी यूकेले गोर्खा समस्या समाधानका लागि ब्रिटिश नेपाल संयुक्त प्राविधिक समितिले तयार पारेको तेह्र बुँदे सिफारिस कार्यान्वयन हुनुपर्ने बताउँदैै आएको छ ।  एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले बेलायत सरकारको कदम सकारात्मक रहेको बताएका छन् ।‘ढिलै भएपनि ब्रिटिश सरकार माग सम्बोधनको पक्षमा देखिएको छ, यसलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ’ गाहा मगरले भनेका छन् । 

  • एनआरएनए यूकेको आर्थिक उपसमिति गठन

    एनआरएनए यूकेको आर्थिक उपसमिति गठन

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल को संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो । समितिको सहसंयोजकमा सहकोषाध्यक्ष शशांक शर्मा र चार्टर्ड एकाउण्टेण्ट राजेन्द्र...

  • एनआरएनए इङ्ग्ल्याण्ड टोली र दूतावासबीच भेटघाट

    एनआरएनए इङ्ग्ल्याण्ड टोली र दूतावासबीच भेटघाट

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), इङ्ग्ल्याण्डका नवनिर्वाचित कार्य समिति र नेपाली दूतावासबीच साक्षात्कार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए इङ्ग्ल्याण्ड कार्य समितिले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीसँग भेटवार्ता गरेको हो । सोमबार केन्सिङ्टनमा भएको परिचयात्मक कार्यक्रममा राजदूत रेग्मीसँग...