April 11, 2024, Thursday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

साहित्य

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७८ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबो (दुताराज राई)लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) साहित्यिक त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । वाम्बुले भाषाका कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय…

सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

लन्डन । इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गर्न लागेको हो । महासंघको शुक्रबार सम्पन्न कार्य समितिको बैठकले जून ५ तारिख आइतबारका…

  • डा. नाजसँगको साहित्यिक भेटघाट सम्पन्न

    डा. नाजसँगको साहित्यिक भेटघाट सम्पन्न

    लन्डन । साहित्यकार डा. नाज सिंहसँग बेलायतमा रहेका सर्जकहरूले भेटघाट गरेका छन् । बेलायतमा भ्रमणमा रहेकी सिंहसँग विश्व नेपाली साहित्य महासंघ यूकेका दुई शाखाहरूले बुधबार गरेको भर्चुअल कार्यक्रममार्फत् साक्षात्कार भएको हो । जुममा आयोजित ‘डा. नाजसँग एक साहित्यिक साँझ’ कार्यक्रममा...

  • डा. नाजसँग साहित्यिक साँझ हुँदै

    डा. नाजसँग साहित्यिक साँझ हुँदै

    लन्डन । बेलायत भ्रमणमा रहेकी नेपाली साहित्यकार डा. नाज सिंहकाे साहित्यिक कार्यक्रम हुने भएको छ । विश्व नेपाली साहित्य महासङ्घकी केन्द्रीय सदस्य सिंहकाे बुधबार बेलुकी कार्यक्रम हुन लागेको हाे । विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण यूके र पश्चिम यूके शाखाहरूकाे...

  • विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

    विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

    इजरायल । मातातीर्थ औँसी/आमाको मुख हेर्ने दिनको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ‘आमा विशेष’  साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ । शनिवार भर्चुअल जुममा भव्य रुपमा सम्पन्न कार्यक्रमको सभापति विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी तथा...

  • शेर्पाकाे काेराेना कथा सार्वजनिक

    शेर्पाकाे काेराेना कथा सार्वजनिक

    काठमाडौं । अमेरिकाको न्युयोर्क निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । संस्मरणात्मक पुस्तक कोरोना कथा’ मा कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको छ । वरिष्ठ आँखारोग...

  • आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लेख तथा रचना प्रतियोगिता हुँदै

    आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लेख तथा रचना प्रतियोगिता हुँदै

    दक्षिण कोरिया । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा सोलुखुम्बु जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ कविता,मुक्तक,गित,गजल बिधा र निवन्ध गरि दुई बिधामा अनलाइन लेख तथा रचना प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा सहभागिता लिन सोलुखुम्बु...

  • हितानको पर्यावरणीय कथा संग्रह ‘ब्लु प्लानेट’माथि परिचर्चा

    हितानको पर्यावरणीय कथा संग्रह ‘ब्लु प्लानेट’माथि परिचर्चा

    पाेखरा ।पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालकोआयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो । ‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए । यो हितानको वातावरणीय मुद्दामा केन्द्रित दोस्रो कथा कृति हो । यी वाहेक उनका अन्य विषय वस्तुमा ८ कृतिहरू प्रकाशिभैसकेका छन्  ।१५ कथा संग्रहित ‘ब्लु प्लानेट’माथि बोल्दै पन्तले वातावरण असन्तुलित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘समाज, गाउँ देश, विदेशमा डुल्दा वातावरण विचलनका कुराहरु हुन्छन् । बाहिर नक्कली रुप देखिन्छ । तर, वातावरण भित्रभित्रै दोहनभइरहेको छ,’ उनले भने ।लेखकको वातारणसम्बन्धी गहिरो बुझाइ रहेको भन्दै उनले खुसी व्यक्त गरे । उनको कथा संग्रहमा पृथ्वीकोपर्यावरणमा असन्तुलन देखापरेको र वातावरण दोहन हुँदै गएकोमा चिन्ता प्रकट भएको उनले बताए । लेखनमा केही ठाउँमा चुके पनि समग्रमा राम्रो र पढ्नै पर्ने कृति आएको उनको भनाई थियो ।लेखकीय अनुभूति सुनाउँदै लेखक हितानलेपर्या लेखन अरुले पनि लेख्नुपर्ने बताए । उनले पर्यावरण साहित्यको महत्व र आवस्यकतामाथि प्रकाश पार्दै यसलाई जोगाउनका लागिसबै जना लाग्नुपर्ने बताए । ‘साहित्यीक संस्थाले अव भानु जयन्तिको साथै भालु जयन्ति पनि मनाउनपर्छ । हामीले मोति जयन्ति मात्रैहोइन माटो जयन्ती पनि मनाउन पर्छ । हामिले पर्या केन्द्रित भएर लेख्यौं भने प्रकृती संरक्षणमा मद्दत पुग्छ,’ उनले भने ।  कार्यक्रमको संयोजन पिएन क्यामेपसका लेक्चरर तथा अधिवक्ता दिपक पराजुलीले गरेका थिए ।यसको संचालन जरोटुप्पोकामहासचिव मदन भन्डारीले गरेका थिए भने सभापतित्व यसै संस्थाका  अध्यक्ष नारायण प्रसाद अधिकारीले गरेका थिए । वरिष्ठ साहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा सम्पन्न यस परिचर्चा कार्यक्रममा पोखरेली साहित्य अनुरागिको वाक्लो साथै उत्साहवर्धकउपस्थिती थियो ।  स्मरण रहोस एक हप्ता अघि वुटवलमा पनि ‘ब्लु प्लानेट’ उपर परिचर्चा गरिएको थियो ।जसको आयोजना माधव गौतम र गिरी श्रिषकोसंयोजकत्वमा पाठक मंच द्वारा गरिएको थियो । हितानले वुटवलकै वाणिज्य क्याम्पसमा पनि लेक्चरर माधव पौड्याल र मायाआचार्यको संयोजनमा स्नाकोत्तर पढदै गरेका विध्यार्थिबिच पर्यालेखनबारे अन्तरकृया गरेका थिए ।  इको राइटिंगका अभियन्ता हितान पूर्व ब्रिटिस गोर्खा सैनिक हुन् । ग्रिनविच युनिभर्सिटीबाट वातावरण विज्ञानमा स्नाकोत्तरस्तरको अध्यनगरेका  हितान हाल बेलायतको इन्भायरोमेन्ट एजेन्सीमा वातावरण व्यवस्थापन विभागमा कार्यरत छन् ।

  • विजय हितानको मगर रिन्हाक विमोचित

    विजय हितानको मगर रिन्हाक विमोचित

    काठमाडौँ । साहित्यकार विजय हितानद्वारा लिखित मगर रिन्हाक पुस्तकलाई नेपाल मगर लेखक संघद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि डा. मीन श्रीसबाट विमोचन गरिएको छ । विमोचन समारोहमा सबै समीक्षक र वक्ताहरूले उक्त पुस्तक एक दस्तावेजको रूपमा ऐतिहासिक बन्ने...