April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

बेक्सली नेपाली समाजलाई काउन्सिलकाे उत्कृष्ट उपलब्धि पुरस्कार

बेक्सली नेपाली समाजलाई काउन्सिलकाे उत्कृष्ट उपलब्धि पुरस्कार

इस्ट लन्डन । सामाजिक काममा उल्लेख्य याेगदान पुर्‍याएकाे भन्दै बेक्सली नेपाली समाज(बीएनसी)लाई बेक्सली बाेराे काउन्सिलले उत्कृष्ट उपलब्धि पुरस्कारले सम्मानित गरेको छ । बेक्सले नेपाली समुदायलाई स्वैच्छिक र परोपकारी सेवाको लागि यो सिभिक रिकग्निसन अफ आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड २०२२ को साथमा सम्मानित गरिएको हाे । शनिबार १४ मेमा बेक्सली सिभिक अफिसमा बेक्सले बाेरोका मेयर जेम्स हन्टले…

फाेनिज यूकेले पत्रकारिता पुरस्कार स्थापना गर्ने

फाेनिज यूकेले पत्रकारिता पुरस्कार स्थापना गर्ने

लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फाेनिज) यूकेले पत्रकारितामा लागेकाहरूलाई प्राेत्साहन गर्न फाेनिज यूके पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ । शुक्रबार सम्पन्न त्रैमासिक बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको हाे । भर्चुअल रूपमा जुममा सम्पन्न बैठकले साे पुरस्कार वार्षिक रूपमा वितरण गर्ने फाेनिज यूकेकी अध्यक्ष गाेमा राना मगरले बताइन् । ‘नयाँ पत्रकार, लेखकहरूलाई प्राेत्साहन गर्न…

  • एनआरएनए केन्द्रद्वारा एघार आइसीसी सदस्यहरु मनोनीत

    एनआरएनए केन्द्रद्वारा एघार आइसीसी सदस्यहरु मनोनीत

    काठमाण्डौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर समुहले बिभिन्न देशहरुबाट आफ्ना आइसीसी सदस्यहरु मनोनित गरेको छ । अध्यक्ष कुँवरको अध्यक्षतामा गत ६ मे शुक्रबारका दिन बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो । बैठकले एनआरएनएको पाँच महादेशीय क्षेत्रहरुमध्ये...

  • रहनेन् डा. चैतन्य सुब्बा

    रहनेन् डा. चैतन्य सुब्बा

    काठमाडौं । राष्ट्रिय याेजना आयाेगका पूर्व सदस्य डा. चैतन्य सुब्बा(मेन्याङ्वाे)काे निधन भएको छ । केही दिनअघि मुटुकाे शल्यक्रिया गरेका सुब्बाकाे मङ्गलबार ७५ वर्षको उमेरमा निधन भएको हाे । ताप्लेजुङकाे याङ्वरक थुममा पर्ने थेचम्बु पुर्ख्याैली घर भएका डा. सुब्बाकाे मुटुको शल्यक्रिया...

  • नेपाल प्रेस युनियनको अध्यक्ष र महासचिबमा को को छन् दाबेदार ?

    नेपाल प्रेस युनियनको अध्यक्ष र महासचिबमा को को छन् दाबेदार ?

    काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नेतृत्वका लागि रस्साकस्सी शुरु भएको छ । अध्यक्ष र महासचिबमा दाबी गर्नेहरुको लर्को लागेको छ । यद्यपी, केही पत्रकारहरु भने मतबाट भन्दा पनि नेताहरुको आर्शिवादबाट चुनाव जित्ने दाबीका साथ चुनावी मैदानमा उत्रिएका...

  • अनुग्रह ज्वेलर्स यूर्केद्धारा खोटाङको शिक्षा क्षेत्रमा सहयोग

    अनुग्रह ज्वेलर्स यूर्केद्धारा खोटाङको शिक्षा क्षेत्रमा सहयोग

    काठमाण्डौं । अनुग्रह ज्वेलर्स यूकेका प्रवन्ध निर्देशक सुमन राईले जिल्ला खोटाङको एउटा विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरेका छन् । गत अप्रिल ११ का दिन खोटाङ जिल्ला महेश्वरी सानो डुम्रेको ऐंसुलुखर्कमा अवस्थित श्री मयुर आधारभूत विद्यालयका २०० जना विद्यार्थीहरु प्रत्येकलाई...

  • एनआरएनए इङल्याण्ड परिषदद्धारा लिभरपूल काउण्टी काउन्सिल गठन

    एनआरएनए इङल्याण्ड परिषदद्धारा लिभरपूल काउण्टी काउन्सिल गठन

    लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको इङल्याण्ड राज्य परिषदले इङल्याण्डको उत्तरपश्चिम क्षेत्र मर्सीसाइडमा आफ्नो काउण्टी काउन्सिल गठन गरेको छ । एनआरएनएलाई बिकेन्द्रीकृत गर्दै लैजाने प्रयासस्वरुप इङल्याण्ड राज्य परिषदले लिभरपूर काउण्टी काउन्सिल गठन गरेको हो । लिभरपूल काउण्टी काउन्सिलको कार्यसमितिमा...

  • एनआरएनए सल्लाहकारमा १४ जना मनाेनीत

    एनआरएनए सल्लाहकारमा १४ जना मनाेनीत

    लन्डन । गैर–आवासीय नेपाली संघको सल्लाहकारमा १४ जना मनोनित भएका छन् । अन्तराष्ट्रिय समन्वय परिषदको १०औं महाधिवेशनबाट निर्वाचित नेतृत्वको मार्च २९, २०२२ मा बसेको दोश्रो बैठकले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त १४ जनालाई सल्लाहकारमा मनोनित गरेको हो । संघकी महासचिव जानकी गुरुङद्वारा...

  • हितानको पर्यावरणीय कथा संग्रह ‘ब्लु प्लानेट’माथि परिचर्चा

    हितानको पर्यावरणीय कथा संग्रह ‘ब्लु प्लानेट’माथि परिचर्चा

    पाेखरा ।पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालकोआयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो । ‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए । यो हितानको वातावरणीय मुद्दामा केन्द्रित दोस्रो कथा कृति हो । यी वाहेक उनका अन्य विषय वस्तुमा ८ कृतिहरू प्रकाशिभैसकेका छन्  ।१५ कथा संग्रहित ‘ब्लु प्लानेट’माथि बोल्दै पन्तले वातावरण असन्तुलित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘समाज, गाउँ देश, विदेशमा डुल्दा वातावरण विचलनका कुराहरु हुन्छन् । बाहिर नक्कली रुप देखिन्छ । तर, वातावरण भित्रभित्रै दोहनभइरहेको छ,’ उनले भने ।लेखकको वातारणसम्बन्धी गहिरो बुझाइ रहेको भन्दै उनले खुसी व्यक्त गरे । उनको कथा संग्रहमा पृथ्वीकोपर्यावरणमा असन्तुलन देखापरेको र वातावरण दोहन हुँदै गएकोमा चिन्ता प्रकट भएको उनले बताए । लेखनमा केही ठाउँमा चुके पनि समग्रमा राम्रो र पढ्नै पर्ने कृति आएको उनको भनाई थियो ।लेखकीय अनुभूति सुनाउँदै लेखक हितानलेपर्या लेखन अरुले पनि लेख्नुपर्ने बताए । उनले पर्यावरण साहित्यको महत्व र आवस्यकतामाथि प्रकाश पार्दै यसलाई जोगाउनका लागिसबै जना लाग्नुपर्ने बताए । ‘साहित्यीक संस्थाले अव भानु जयन्तिको साथै भालु जयन्ति पनि मनाउनपर्छ । हामीले मोति जयन्ति मात्रैहोइन माटो जयन्ती पनि मनाउन पर्छ । हामिले पर्या केन्द्रित भएर लेख्यौं भने प्रकृती संरक्षणमा मद्दत पुग्छ,’ उनले भने ।  कार्यक्रमको संयोजन पिएन क्यामेपसका लेक्चरर तथा अधिवक्ता दिपक पराजुलीले गरेका थिए ।यसको संचालन जरोटुप्पोकामहासचिव मदन भन्डारीले गरेका थिए भने सभापतित्व यसै संस्थाका  अध्यक्ष नारायण प्रसाद अधिकारीले गरेका थिए । वरिष्ठ साहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा सम्पन्न यस परिचर्चा कार्यक्रममा पोखरेली साहित्य अनुरागिको वाक्लो साथै उत्साहवर्धकउपस्थिती थियो ।  स्मरण रहोस एक हप्ता अघि वुटवलमा पनि ‘ब्लु प्लानेट’ उपर परिचर्चा गरिएको थियो ।जसको आयोजना माधव गौतम र गिरी श्रिषकोसंयोजकत्वमा पाठक मंच द्वारा गरिएको थियो । हितानले वुटवलकै वाणिज्य क्याम्पसमा पनि लेक्चरर माधव पौड्याल र मायाआचार्यको संयोजनमा स्नाकोत्तर पढदै गरेका विध्यार्थिबिच पर्यालेखनबारे अन्तरकृया गरेका थिए ।  इको राइटिंगका अभियन्ता हितान पूर्व ब्रिटिस गोर्खा सैनिक हुन् । ग्रिनविच युनिभर्सिटीबाट वातावरण विज्ञानमा स्नाकोत्तरस्तरको अध्यनगरेका  हितान हाल बेलायतको इन्भायरोमेन्ट एजेन्सीमा वातावरण व्यवस्थापन विभागमा कार्यरत छन् ।