April 11, 2026, Saturday
२०८२ चैत्र २८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लेख तथा रचना प्रतियोगिता हुँदै

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लेख तथा रचना प्रतियोगिता हुँदै

दक्षिण कोरिया । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा सोलुखुम्बु जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ कविता,मुक्तक,गित,गजल बिधा र निवन्ध गरि दुई बिधामा अनलाइन लेख तथा रचना प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा सहभागिता लिन सोलुखुम्बु जिल्ला भित्रका नगरपालिका , गाउँपालिका वडाहरुका प्राकृतिक , सास्कृतिक,धार्मिक पहिचानात्मक एैतिहासिकता झल्काउने आन्तरिक तथा बाहिय…

एनआरएनए उपाध्यक्ष सेन राजदूत आचार्यबीच भेटवार्ता

एनआरएनए उपाध्यक्ष सेन राजदूत आचार्यबीच भेटवार्ता

लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष र्थक बहादुर सेन र बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यबीच भेट वार्ता भएको छ । गत अप्रिल ४ सोमबारको दिन लण्डनस्थित नेपाली राजदुतावासमा भएको औपचारिक भेटवार्तामा एनआरएनएका अन्य व्यक्तित्वहरु पनि उपस्थित थिए । करिव दुई घण्टा लामो भएको भेटवार्तामा एनआरएनए आइसीसीको कुल अचार्य समूहका युरोप…

  • एनआरएनए सल्लाहकारमा १४ जना मनाेनीत

    एनआरएनए सल्लाहकारमा १४ जना मनाेनीत

    लन्डन । गैर–आवासीय नेपाली संघको सल्लाहकारमा १४ जना मनोनित भएका छन् । अन्तराष्ट्रिय समन्वय परिषदको १०औं महाधिवेशनबाट निर्वाचित नेतृत्वको मार्च २९, २०२२ मा बसेको दोश्रो बैठकले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त १४ जनालाई सल्लाहकारमा मनोनित गरेको हो । संघकी महासचिव जानकी गुरुङद्वारा...

  • बेक्सले नेपाली समाजको नृत्य कार्यक्रम सम्पन्न

    बेक्सले नेपाली समाजको नृत्य कार्यक्रम सम्पन्न

    लन्डन । बेक्सले नेपाली समुदायको पहिलो डान्स सिजनको अपार सफलता पछि पछिल्लो डान्स सिजन पनि भब्य सफलतापूर्वक समापन गरेको छ ।२ अप्रिल २०२२ आइतबारका दिन हारिस अकैडमी को हलमा सम्पन्न यस कार्यक्रम मा तिन समुहमा नृत्य दुई एक नृत्य प्रदर्शन...

  • हितानको पर्यावरणीय कथा संग्रह ‘ब्लु प्लानेट’माथि परिचर्चा

    हितानको पर्यावरणीय कथा संग्रह ‘ब्लु प्लानेट’माथि परिचर्चा

    पाेखरा ।पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालकोआयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो । ‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए । यो हितानको वातावरणीय मुद्दामा केन्द्रित दोस्रो कथा कृति हो । यी वाहेक उनका अन्य विषय वस्तुमा ८ कृतिहरू प्रकाशिभैसकेका छन्  ।१५ कथा संग्रहित ‘ब्लु प्लानेट’माथि बोल्दै पन्तले वातावरण असन्तुलित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘समाज, गाउँ देश, विदेशमा डुल्दा वातावरण विचलनका कुराहरु हुन्छन् । बाहिर नक्कली रुप देखिन्छ । तर, वातावरण भित्रभित्रै दोहनभइरहेको छ,’ उनले भने ।लेखकको वातारणसम्बन्धी गहिरो बुझाइ रहेको भन्दै उनले खुसी व्यक्त गरे । उनको कथा संग्रहमा पृथ्वीकोपर्यावरणमा असन्तुलन देखापरेको र वातावरण दोहन हुँदै गएकोमा चिन्ता प्रकट भएको उनले बताए । लेखनमा केही ठाउँमा चुके पनि समग्रमा राम्रो र पढ्नै पर्ने कृति आएको उनको भनाई थियो ।लेखकीय अनुभूति सुनाउँदै लेखक हितानलेपर्या लेखन अरुले पनि लेख्नुपर्ने बताए । उनले पर्यावरण साहित्यको महत्व र आवस्यकतामाथि प्रकाश पार्दै यसलाई जोगाउनका लागिसबै जना लाग्नुपर्ने बताए । ‘साहित्यीक संस्थाले अव भानु जयन्तिको साथै भालु जयन्ति पनि मनाउनपर्छ । हामीले मोति जयन्ति मात्रैहोइन माटो जयन्ती पनि मनाउन पर्छ । हामिले पर्या केन्द्रित भएर लेख्यौं भने प्रकृती संरक्षणमा मद्दत पुग्छ,’ उनले भने ।  कार्यक्रमको संयोजन पिएन क्यामेपसका लेक्चरर तथा अधिवक्ता दिपक पराजुलीले गरेका थिए ।यसको संचालन जरोटुप्पोकामहासचिव मदन भन्डारीले गरेका थिए भने सभापतित्व यसै संस्थाका  अध्यक्ष नारायण प्रसाद अधिकारीले गरेका थिए । वरिष्ठ साहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा सम्पन्न यस परिचर्चा कार्यक्रममा पोखरेली साहित्य अनुरागिको वाक्लो साथै उत्साहवर्धकउपस्थिती थियो ।  स्मरण रहोस एक हप्ता अघि वुटवलमा पनि ‘ब्लु प्लानेट’ उपर परिचर्चा गरिएको थियो ।जसको आयोजना माधव गौतम र गिरी श्रिषकोसंयोजकत्वमा पाठक मंच द्वारा गरिएको थियो । हितानले वुटवलकै वाणिज्य क्याम्पसमा पनि लेक्चरर माधव पौड्याल र मायाआचार्यको संयोजनमा स्नाकोत्तर पढदै गरेका विध्यार्थिबिच पर्यालेखनबारे अन्तरकृया गरेका थिए ।  इको राइटिंगका अभियन्ता हितान पूर्व ब्रिटिस गोर्खा सैनिक हुन् । ग्रिनविच युनिभर्सिटीबाट वातावरण विज्ञानमा स्नाकोत्तरस्तरको अध्यनगरेका  हितान हाल बेलायतको इन्भायरोमेन्ट एजेन्सीमा वातावरण व्यवस्थापन विभागमा कार्यरत छन् ।

  • यूकेमा एसएसपी खापुङको स्वागत तथा बिदाइ

    यूकेमा एसएसपी खापुङको स्वागत तथा बिदाइ

    आसफोर्ड(यूके) । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) चन्द्रकुवेर खापुङको यूकेमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । महिना दिने यूके भ्रमणमा रहेका खापुङको बेलायतमा रहेका संस्थाहरूले एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । सोमबार केन्टको आसफोर्डमा रहेको गोर्खा भान्सा घर...

  • प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

    प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

    विराटनगर । प्रदेश नंं. १ को मन्त्रिपरिषद् बैठकले आज प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको छ। बैठकले पान्थरका डा. पूर्ण लक्सम प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हाे। लक्सम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । उनले बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल...

  • इवाहाङ वंशीहरूकाे पहिलो महाधिवेशन सम्पन्न

    इवाहाङ वंशीहरूकाे पहिलो महाधिवेशन सम्पन्न

    धनकुटा । याक्थुङ लिम्बू समुदायभित्र रहेका इवाहाङ वंशीहरूकाे पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार इवाहाङ वंश विकास समितिकाे प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन सम्पन्न भएको हाे । साँगुरीगढी गाउँपालिका वार्ड नं-२ गैरीगाउँमा सम्पन्न भएकाे महाधिवेशन प्रदेश नम्बर एकका पूर्व...

  • स्थानीय निर्वाचनमा भाषाको मुद्दा उठाउन अभियन्ताहरूको आग्रह

    स्थानीय निर्वाचनमा भाषाको मुद्दा उठाउन अभियन्ताहरूको आग्रह

    काठमाडौँ । स्थानीय सरकारको निर्वाचन नजिकिँदै जाँदा भाषाको प्रयोग र संरक्षणबारे पनि चिन्तन सुरु भएको छ । मातृभाषाको सवालमा प्रतिबद्ध भएका उम्मेदवारहरू आगामी स्थानीय निर्वाचनमार्फत् आउनुपर्ने मातृभाषी अभियन्ताहरूले आफ्नो धारणा अघि सारेका छन् । भाषिक मानव अधिकार समाज नेपालले बुधबार...