April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

‘छेक्यो मायालु’ गीतको म्युजिक भिडियोको छायांकन

‘छेक्यो मायालु’ गीतको म्युजिक भिडियोको छायांकन

फेदेन । ‘छेक्यो मायालु’ बोलको गीतको म्युजिक भिडियोको बिहीबार छायांकन सम्पन्न भएको छ । सुरेश अधिकारीको शब्द/संगीत र तारा लाओतीको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत ठाउँमा छायांकन गरिएको हो । माता पाथीभरा फिल्म्स प्रा.लि.ललितपुरद्वारा निर्माण गरिएको म्युजिक भिडियोको निर्मातामा किशोर सुब्बा, छायांकनमा…

राजेशपायलको ‘सुन न म माया गर्छु’ सार्वजनिक

राजेशपायलको ‘सुन न म माया गर्छु’ सार्वजनिक

काठमाडौँ । सुपरस्टार गायक राजेशपायल राई र सङ्गीता रनपहेलीको आवाजमा रहेको गीत ‘सुन न म तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । गीतकार टीका चाम्लिङको मिठासपूर्ण शब्द रचना र गायक राईकै सुमधुर सङ्गीत रहेको गीत युट्युबमा सार्वजनिक भएको हो । उक्त गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ भने गीतको अडियो किङ स्टुडियोमा स्वराङ्कन गरिएको…

  • तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

    तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

    तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा युमा साम्यो महासभा नेपालको तदर्थ समिति गठन भएको छ । युमा धर्मको प्रचारप्रसार एवम् जनजागरण अभियानअन्तर्गत लालीगुराँस नगरपालिकाको वसन्तपुरमा भएको कार्यक्रम नगरपालिकाका नगर प्रमुख एवं मुन्धुमविद् अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।...

  • भ्रष्टाचारजन्य क्रियाकलापले एनआरएनएको महाविधेशन रोकियो : उपाध्यक्ष  कँडेल

    भ्रष्टाचारजन्य क्रियाकलापले एनआरएनएको महाविधेशन रोकियो : उपाध्यक्ष कँडेल

    काठमाडौँ । एनसीसी युकेका उपाध्यक्ष नारायण कँडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन रोकिनुमा भ्रष्टाचार तथा अनैतिकजन्य क्रियाकलापले बढवा पाएको टिप्पणी गरेका छन् ।  कँडेलले काठमाडौंमा सञ्चारमाध्यम (PrimeHD) सँग कुराकानी गर्दै एनआरएनए को दशौं महाधिवेशन सार्नुमा एनआरएनभित्र एकखालको भष्टाचारजन्य क्रिायकलापले स्थान पाएको बताएका हुन् ।  उपाध्यक्ष कँडेलले एनआरएन भित्र आइएलओ परियोजनामा भ्रष्टाचार भएको छानबिन समितिकोप्रतिवेदनलेऔंल्याएको बताए । आइएलोमा भएको अनियमिततामा आइसीसीका महत्वपूर्ण, माथिल्लो तहकापदाधिकारी  जो चुनाव लड्दै छन् उनीहरु नै सहभागी भएको प्रतिवेदनमा उल्लेख भएको उनले बताए ।   ‘त्यस विषयमा एनआरएनएले गठन गरेको छानबीन समितिले समेत भ्रष्टाचार भएको छ । मध्य पूर्वमा गठनगरेको समितिले आफन्तहरुलाई पैसा खुवाइएको प्रतिवेदनले निष्कर्ष  निकालेको छ,’ उनले भने, ‘त्यसलाईपरराष्ट्र मन्त्रालयको लेटर देखाएर पन्छाइएको छ ।’ कँडेलले राष्ट्रिय समन्वय परिषदहरुले  पठाएका डेलिगेट्सहरुलाई मान्यता नदिनुमा पनि राजनीति घुसेकोबताए । ‘युके, युएसए अष्टेलियाका डेलिगेट्सलाई मान्यता नदिएर अधिवेशन स्थगित गरिएको छ । गतअक्टुबरदेखि आइसीसीको माथिल्लो लेवलमा बसेका पदाधिकारीको छानबिन समितिले कमजोरी औंल्याएकोछ’, उनले भने, ‘भ्रष्टाचार रोक्न नसकेको आरोप उहाँहरुमा लागेको छ । परराष्ट्रको लेटर देखाएर महाधिवेशनरोकिएको छ । हामी सुधार गर्ने अभियानमा छौं ।’ एनआरएनका केही पदाधिकारीहरुले राजनीतिक फाइदाका लागि, पदमा बस्नका लागि, निर्वाचित हुनका लागिजे पनि गरेको उनले टिप्पणी गरे । यस्ता खालका क्रियाकलापको आफूहरुले विरोध गर्ने र  बर्खिलाप गर्नुपर्नेमाजोड दिए ।  महाधिवेशनको एउटा विवाद अहिलेको राष्ट्रिय समन्वय परिषद्बाट डेलिगेट्स चुन्ने कि एनसीसीले पठाएकाडेलिगेट्सहरुलाई मान्यता दिने? भन्ने रहेको कँडेलले बताए । ‘आइसीसीभित्र रहेका एनसीसीले पठाएकाडेलिगेट्सलाईमान्यता नदिने परिवर्तन गर्ने, नभएका सदस्य संख्या थपेर, ३ सय भन्दा बढी नक्कली सदस्यबनाएर डेलिगेट्स  बनाइएको छ,’ उनले भने, ‘जहाँ उहाँहरु (संस्थापन)को वर्चश्व छैन, त्यहाँ विवाद निकाल्नुहुन्छ। अमेरिका, युके, अष्ट्रेलियामा ५० हजार सदस्य छन् त्यहाँ उहाँहरुले विवाद झिक्नुभएको छ ।’  गैर आवासीय नेपाली संघको उद्देश्य पवित्र थियो तर, आइसीसीले एनसीसीलाई इग्नोर गरेरएनआरएनलाईकब्जा गर्ने उद्देश्य बनाइएको प्रति कँडेलले दुःख व्यक्त गरे ।  ‘एउटा पक्षका केही साथीहरु नेपालको राजनीतिबाट बाहिर निस्कन सक्नुभएको छैन । नेतृत्व हत्याउने नाममाएनआरएनएमा काम गरेकाहरुलाई पाखा लगाउन खोजिएको छ,’ उनले भने, परराष्ट्र मन्त्रालयले डेलिगेट्सविवाद समाधान गरेर मात्रै महाधिवेशनमा जान भनेको छ । अहिले बहाल रहेका एनसीसीले पठाएकोडेलिगेट्सहरुलाई  अस्विकार गरिएकोछ । रसिया, साउदी अरेबिया,  न्यूजील्याण्ड आदि मुलुकबाट नक्कलीसदस्य बनाएर पठाइएको छ ।’ संसारभरका एनसीसीको विश्व भेलाले विधिभन्दा बाहिर गएर एनआरएनएलाई कब्जा गर्न पाइँदैन भन्ने सन्देशदिएको कँडेलले बताए । एनसीसीले पठाएका प्रतिनिधिलाई मान्यता दिएर छिटोभन्दा छिटो अधिवेशन गरौं भन्नेआफुहरुको माग रहेको उनले बताए । एनआरएनएमा भएका विकृति नसुधारेसम्म विश्राम नलिने कँडेललेबताए।  परराष्ट्र मन्त्रालय सम्बन्धित निकाय भएकाले उसले भनेको मान्नुपर्नेमा उनले जोड दिए । ‘महाधिवेशनमा आफ्नाप्रतिनिधि पठाउन नपाउने र पठाएका पनि सहभागी हुन नपाउने स्थिति आएकाले परराष्ट्र जान वाध्य भएका हौं ।राष्ट्रिय समन्वय परिषद्ले पठाएका प्रतिनिधिले भाग लिन पाउनेगरीमहाधिवेशन हुनुपर्छ,' उनले भने ।  यो लिंकमा गएर पूरै अन्तर्वार्ता हेर्न सकिन्छ : https://www.youtube.com/watch?v=N0NS7UTqwZ8&t=295s Show quoted text

  • बाढीपीडित राहतबारे एआरएनए यूकेकाे धारणा सार्वजनिक

    बाढीपीडित राहतबारे एआरएनए यूकेकाे धारणा सार्वजनिक

    लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेले सुनसरीमा बाढीपीडितका लागि वितरण गरेको राहतबारे आफ्नो धारणासहित एक विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा राहत वितरण गर्दाकाे प्रक्रिया, राहत सामग्री विवरण, वितरण गरिएको क्षेत्र लगायतका विषयमा जानकारी दिइएको छ । (प्रेस विज्ञप्ति) सुनसरीका बाढीपीडितलाई...

  • रहनेन् गाेरेबहादुर खपाङ्गीकी पत्नी

    रहनेन् गाेरेबहादुर खपाङ्गीकी पत्नी

    काठमाडौं । आदिवासी पहिचानको आन्दोलनका चर्चित नेता स्व. गाेरेबहादुर खपाङ्गीकाे पत्नी विद्या खपाङ्गी मगरकाे निधन भएको छ । मगरकाे साेमबार ७२ वर्षकाे उमेरमा निधन भएको नेपाल मगर सङ्घले जनाएको छ । नेपालका नेल्सन मण्डेलाले सुपरिचित समाजवादी नेता , पूर्व मन्त्री...

  • गैरकानूनी रूपमा ओमानमा काम गरिरहेकालाई नेपाल फर्कने अवसर

    गैरकानूनी रूपमा ओमानमा काम गरिरहेकालाई नेपाल फर्कने अवसर

    मस्कट(ओमान) । ओमानमा भिसा लगायतका आधिकारिक कागजात बिना काम गरिरहेका तथा रोजगारदाताको सम्पर्क बाहिर रहेका नेपालीहरूलाई नेपाल फर्कने अवसर रहेको नेपाली दूतावास ओमानले जनाएको छ । ओमानको श्रम मन्त्रालयले जारी गरेको पछिल्लो सूचना अनुसार ओमानमा विभिन्न समय देखि भिसा नवीकरण...

  • संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

    संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

    रुपन्देही  । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिएका छन् । पार्टीले रुपन्देहीको धकधईमा गरेको कार्यक्रममा उनले संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए । ‘कांग्रेस र कम्युनिष्ट...