पत्रकार शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा
लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले लन्डनका पत्रकार चिरन शर्मामाथि साइबर क्राइम गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको छ । गैरआवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहा मगरले पत्रकार शर्माले संघले फेसबुक पेज ह्याक गरी आफू अनुकूल गतिविधि चलाएको आराेप लगाएका छन् । उनलेे नेपाल ब्रिटेन डट कममार्फत आफ्नो स्वार्थ पूरा नभए नेपाली समुदायका अग्रज तथा व्यापारीकाे मानमर्दन गर्ने गरेको...