April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

संगीतमा पुनरागमन गर्दै गायक साक्थिम योङ्या

संगीतमा पुनरागमन गर्दै गायक साक्थिम योङ्या

विजयपुर । कुनै बेला गायक एवम् संगीतकार साक्थिम योङ्या पूर्वमा चलेका कलाकारमा गनिन्थे । उनले कलिलै उमेरमा गीत गाउने, रेकर्ड गर्ने र कम्पोज गर्ने काम पनि गरे । गीत संगीतमा लागरिहेकै बेला उनी विदेश हान्निए । निकै वर्ष चुपचाप बसे । लामो समयको मौनता तोड्दै योङ्या पुनः नेपाली साङ्गीतिक क्षेत्रमा फर्कदैछन् । कोरोना महमारीभन्दा केही…

चुम्लुङकर्मी टङ्क येङ्देनले निवासमा बनाए माङ्हिम, पूजापाठका लागि सर्वसाधारणलाई पनि खुल्ला

चुम्लुङकर्मी टङ्क येङ्देनले निवासमा बनाए माङ्हिम, पूजापाठका लागि सर्वसाधारणलाई पनि खुल्ला

आसफोर्ड । चुम्लुङकर्मी टङ्क येङ्देनले यूकेस्थित आफ्नो निवासमा माङ्हिम स्थापना गरेका छन् । प्रवासमा रहेर पनि साँस्कृतिक एवम् धार्मिक क्रियाकलपा गर्नका लागि उनले माङ्हिम स्थापना गरेका हुन् । केन्टको आसफोर्डमा बसोबास गर्दै आएका येङ्देनले मस्ग्रोभ रोडस्थित आफ्नो निवासमा माङ्हिम स्थापना गरेका हुन् । माङ्हिमलाई समुदायले देवालयका रूपमा स्थापना गर्ने प्रचलन गरेको छ । कतिपयले माङ्थान…

  • पाँचथर समाज सेवा यूकेको अध्यक्षमा काम्बाङ

    पाँचथर समाज सेवा यूकेको अध्यक्षमा काम्बाङ

    लन्डन । पाँचथर समाज सेवा यूकेको अध्यक्षमा कैलाश काम्बाङ निर्वाचित भएका छन् ।समाजको सातौं अधिवेशनले सातौं कार्य समितिका लागि सर्वसम्मत रूपमा काम्बाङलाई अध्यक्षमा चयन गरेको हो । शनिबार भर्चुअल जुममा सम्पन्न अधिवेशनले काम्बाङको नेतृत्वमा २५ सदस्यीय कार्य समिति चयन गरेको...

  • गैरआवासीय नेपाली संघ यूकेको दोस्रो प्रत्यक्ष बैठक सम्पन्न

    गैरआवासीय नेपाली संघ यूकेको दोस्रो प्रत्यक्ष बैठक सम्पन्न

    लन्डन । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमाआइतबार भएको संघको दोश्रो प्रत्यक्ष बैठकले एनआरएनए यूकेको कानूनी परामर्श तथा विधान समिति गठन गरेको छ । बैठकले उपाध्यक्ष नारायण कंडेलको संयोजकत्वमा सदस्यहरु सुशीला राई, चित्रबहादुर गुरुङ, सुनिल राना, केशव भण्डारी र डा. रामकुमार अधिकारी सम्मिलित समिति गठन गरेको हो । बैठकमा नयां कार्यसमितिले जिम्मेवारी लिएपछि भए गरेका कामको समिक्षा पनि गरिएको थियो । एनआरएनए यूकेको लोगो । संस्था सञ्चालन सम्बन्धि प्रमुख दस्तावेज मानिने विधान संशोधनका लागि निकट भविष्यमा विभिन्न क्षेत्रबाटप्रतिनिधित्व हुने गरि प्राविधिक सल्लाहकार थपिने अध्यक्ष प्रेम गाहामगरले जनाए । अध्यक्ष गाहा मगरकाअनुसार ‘विभिन्न राज्य र संघसंस्थाहरुबाट विधान अपडेट गर्न आएका सुझाव सम्बोधन हुने गरि चुस्त दुरुस्तविधान बनाउने संघको योजना रहेको छ। बैठकले गैर आवासीय नेपाली संघ यूकेको उद्देश्य हासिल गर्नका लागि सफलतापूर्वक काम अगाडि बढिरहेकोनिष्कर्ष निकालिएको जानकारी प्राप्त भएको छ । बैठकमा अध्यक्ष गाहामगरले भूतपूर्व गोर्खाहरुको लामो समयदेखि जारी संघर्ष अन्त्यका लागि एनआरएनयूकेले नेपाल सरकारसंग कूटनैतिक पहल गर्ने र यूकेमा रहेका गोर्खा तथा उनीहरुका परिवारलाई परेकासमस्याहरु जस्तैः पेन्सन क्रेडिटको सुबिधा लिएका बृद्ध गोर्खाहरुलाई यूके भन्दा बाहिर गएर एक महिना मात्रबस्न पाउने वर्तमान नियमलाई बढाएर ३ महिना (पूर्व नियमअनुरूप) बस्न पाउने अधिकारका लागि बेलायतकोडिफेन्स् भेट्रान मन्त्रीसंग आगामी मार्च २०२२ मा एनआरएन यूकेको आफ्नै कार्यालयमा ज्ञापन पत्र बुझाउने रकार्यक्रमको संयोजन एनआरएन यूके गोर्खा विभागले गर्ने बताएका थिए। अध्यक्ष गाहामगरले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका लागि जुन क्षेत्रमा नेपालीहरुको बाक्लो वस्तीछ, त्यस क्षेत्रलाई केन्द्रित गरि मे २०२२ देखि जुन २०२२ भित्र प्रोपजल तथा ज्ञापन पत्र बुझाउने कार्यक्रमएनआरएनए यूकेकै कार्यालयमा आयोजना गरिने पनि जनाए ।  अध्यक्ष गाहामगरले बेलायतस्थित नेपाली समुदाय र नेपालमा खेलाडी एवं खेलकुद विकासका लागि वृहतयोजना ल्याउन आफैं अग्रसरता देखाएका छन् ।...

  • देशीलाइन व्यावसायी समितिद्वारा बनभोज तथा सम्मान कार्यक्रम

    देशीलाइन व्यावसायी समितिद्वारा बनभोज तथा सम्मान कार्यक्रम

    इटहरी (तालतलैया)। देशीलाइन व्यवसायी समितिले पहिलो औपचारिक बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । माघ ३ गते इटहरी उपमहानगरपालिकाको तलतलैयामा औपचारिक बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा धरान उपमहानगरपालिका २ देशिलाईनका समाजसेवि शुधिर लिम्बुलाई सम्मानपत्र सहितसम्मान...

  • भ्वाइस किड्सको उपाधि जेनिस उप्रेतीलाई

    भ्वाइस किड्सको उपाधि जेनिस उप्रेतीलाई

    काठमाडौँ । हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो दि भ्वाइस किड्सको उपाधि जेनिस उप्रेतीले जितेका छन् । माघ १ गते शनिबार भएको ग्रयाण्ड फिनालेमा भोटिङका आधारमा झापाका उप्रेतीले उपाधि जितेका हुन् । फाइनलको हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको थियो ।...

  • तुम्बाहाङ्फेको सृष्टिको याङदाङ कृति लोकार्पण

    तुम्बाहाङ्फेको सृष्टिको याङदाङ कृति लोकार्पण

    काठमाडौँ । कवि सञ्जय तुम्बाहाङ्फेद्वारा लिखित ‘सृष्टिको याङदाङ’ कृति मंगलबार विमोचन भएको छ । ललितपुर चुम्लुङ हिममा उक्त कृतिको लोकार्पण भएको हो । याक्थुङ लेखक संघ, काठमाडौँ उपत्यका समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि कवि विमला तुम्खेवाले कृतिको विमोचन गरेकी...

  • युएचएसबी शाखाले मौलिक पितृ पुजाका साथ माघे सक्रान्ति मनाए

    युएचएसबी शाखाले मौलिक पितृ पुजाका साथ माघे सक्रान्ति मनाए

    अल्डरसट । गत शनिबार १५ तारिख शनिबारका दिन फानबोरोस्थित स्यामुअल कोडी स्पोट्र्स कलेज (ओक्फार्म स्कुल)मा मगरहरुको परम्परा अनुसार विधिवत रुपमा पितृ पुजा गरी युएचएस शाखा मगर संघ यूके युनाइटेड ह्याम्प्सायर, सर्रे, बर्कशेयर शाखाले माघे संक्रान्ति मनाएको छ । प्रवासमा पनि...