April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

लन्डन । संघको फेसबुक पेज ह्याक गरि सामाजिक विखण्डन ल्याउन उद्यत भएपछि एनआरएनए यूके महासचिव खुशी लिम्बुविरुद्ध बेलायती प्रहरीमा साइबर क्राइमको उजुरी परेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सोमबार २७ जुनमा अल्डरसटस्थित हयाम्पसायर कन्सटबुलरीमा लिम्बुविरुद्ध उजुरी दिएका हुन् । महासचिव लिम्बुले डेटा प्रोटेक्सन एक्ट (२०१८) र जिडिपिआर उल्लंघन गर्दै एनआरएनए यूकेको पब्लिक फेसबुक…

याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

काठमाडौं । याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का अवसरमा याक्थुङ युवा मञ्च काठमाडौंले फुटसल प्रतियोगिता गर्ने भएको छ । युवाहरूलाई लक्षित गर्दै मञ्चले ‘सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता २०७९’ आयाेजना गर्न लागेको हाे । प्रतियाेगिताकाे तेस्रो संस्करण श्रावण ७ र ८ गते सम्पन्न गरिने तयारी भइसकेकोले सहभागिताका लागि आह्वान गरिसकेको मञ्चकी काठमाडौं…

  • गाेरखा वकमा हजार बढीको सहभागिता  

    गाेरखा वकमा हजार बढीको सहभागिता 

    आसफाेर्ड(केन्ट) । गाेरखा पिस फाउन्डेसनले वर्षेनी आयाेजना गर्ने गाेरखा वकमा यस वर्ष पनि उल्लेख्य सहभागिता भएको छ । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेता गाेरखा सैनिकहरूकाे सम्झनामा स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् सम्पन्न भएको छ...

  • याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    काठमाडौं । याक्थुङ लिम्बु कथानक चलचित्र 'रीत' को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच जानकारी गराइएको हो । फाल्गुनन्द फिल्म्स प्रा.लि.ले आयोजना वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...

  • नेफिन यूकेले आदिवासी दिवस मनाउने

    नेफिन यूकेले आदिवासी दिवस मनाउने

    लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आदिवासी दिवस मनाउने भएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर नेफिन यूकेले दिवस मनाउन लागेको हाे । केही दिनअघि बसेकाे भर्चुअल बैठकले आगामी अगष्ट १४ मा विश्व आदिवासी दिवसका दिन कार्यक्रम...

  • फाेनिज यूकेकाे समाचार लेखन कार्यशाला सम्पन्न

    फाेनिज यूकेकाे समाचार लेखन कार्यशाला सम्पन्न

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले एक दिने समाचार लेखन कार्यशाला सम्पन्न गरेको छ । फाेनिजले आइतबार भर्चुअल रूपमा कार्यशाला आयाेजना गरेको हाे । फोनिज यूकेका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष नरेश खपाङ्गीमगरले तालिम दिएका...

  • एनआरएनए यूकेसँग पूर्वमन्त्रीहरू

    एनआरएनए यूकेसँग पूर्वमन्त्रीहरू

    लन्डन, गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका पूर्वमन्त्री रसांसदहरुसंग एक अन्तरक्रिया गरेको छ । शुक्रबार सांझ अल्डरसटस्थित आफ्नै कार्यालयमा पूर्वमन्त्रीहरु डा. मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे तथासांसदहरु प्रमिला राई, जयकुमार राईलगायत नेतासंग अन्तरक्रिया भएको हो । भूतपूर्व गोर्खा मुद्दा र एनआरएनए नागरिकता केन्द्रित उक्त कार्यक्रममा पूर्व मन्त्री र सांसदहरुलेप्रवासमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्काउने वातावरण मिलाउन, उनीहरुलाई आवश्यकसुविधा दिन र गोर्खा मुद्दा समाधानमा दत्तचित्त भएर लाग्ने आश्वासन दिए । कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भूतपूर्व गोर्खा मुद्दामा नेपाली कांग्रेसकासभापति प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक पहल र प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्दै योविषय गम्भीर रुपमा टुंग्याउनुपर्ने बताए । डा. रिजालले नागरिकता विधेयक संसदमा प्रस्तुत भइसकेकाले त्यो पारित हुनेमा ढुक्क हुन आग्रह गरे। ‘हामीले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार रहने भनेर संविधानमालेख्यौं तर कानून नियमले संकुचित गर्न खोज्यौं’- उनले भने, ‘केही साथीहरु संविधानमा लेखिएकाकुरा अहिले तलमाथि गर्न खोजेर विधेयक अड्किइरहेको छ ।’ कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भूतपूर्व गोर्खा मुद्दा समाधान गर्न सहज नभएपनि समाधाननगरि नहुने भएकाले बेलायत सरकारलाई तीव्र दवाव दिइरहन आवश्यक रहेको बताए । नेता पाण्डेले गोर्खा मुद्दामा ऐक्यवद्धता जनाउंदै आफूहरु नेपाल फर्किएर परराष्ट्रमन्त्री नारायणखड्कालाई भेटी यसबारे थप झकझकाउने आश्वासन दिए । पाण्डेले नेपालको संविधानले प्रदत्त गरेको गैर आवासीय नागरिकता दिने सवालमा खास समस्यानभएको तर वंशजको नागरिकता दिन्छौं भन्न नसकिने बताए । उनले एनआरएनए नागरिकता विधेयकपारित हुने बताए । ‘तपाईंहरु नेपाल नगएपनि बुद्धि र पैसा नेपाल पठाउनुस्, यहां पार्टीगत गुटउपगुट वा जुलुस धर्ना गरेरनबस्नुस्’, पाण्डेले सुझाए, ‘बरु बेलायती संसदमा नेपाली प्रतिनिधित्व हुने वातावरण मिलाउन सकेहाम्रा कुरा सधैं संसदमा राख्न सकिन्छ ।’ कार्यक्रमका सभापति तथा एनआरएनए यूके प्रेम गाहामगरले नेताहरुसंग भूतपूर्व गोर्खा मुद्दासमाधानमा पहल र संसदमा विचाराधिन गैर आवासीय नेपाली नागरिकता विधेयक पारित गर्नपहलका लागि जोड दिए । एनआरएनए यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममासांसदहरु पदम गिरी, जयकुमार राई, श्याम श्रेष्ठ, रामबाबु यादव, प्रमिला राई, एनआरएनए यूकेप्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व महासचिव आरकेत्रिपाठी, भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई लगायतले पनि सम्वोधन गरे । नेपालका प्रमुख दलका वरिष्ठ नेताहरु सहभागी कार्यक्रम र गहन मुद्दामा राखिएको अन्तरक्रियामाएनआरएनए यूके कार्यसमितिकै पदाधिकारी भने सहभागी थिएनन् । कार्यक्रममा आफू, उपाध्यक्ष मोहन कार्की, युवा संयोजक तीर्थ मल्ल र सदस्य बालकृष्ण दाहालमात्रसहभागी भएपछि अध्यक्ष प्रेम गाहामगरले यसलाई ‘दुःखद’ र ‘विडम्बना’ भनेका छन् ।

  • फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र प्रधानलाई

    फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र प्रधानलाई

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेद्वारा प्रदान गरिने फोनिज यूके पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार निलिफा सुब्बा र टिकाराम प्रधानलाई दिइने भएको छ ।   वार्षिक रुपमा वितरण हुँदै आएको पुरस्कार यस वर्ष सुब्बा र प्रधानलाई दिने निर्णय...

  • केसामकाे रेकर्डिङ पूरा

    केसामकाे रेकर्डिङ पूरा

    काठमाडौं । आदिवासी याक्थुङ लिम्बुकाे लोपोन्मुख लोक लय केसामको रेकर्डिङ सम्पन्न भएको छ । शुक्रवार पुलिस क्लबको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । केरुङद्वारा लिखित '`सक्सा नु पेन्युक्' कृति । सर्जक सागर केरुङद्वारा लिखित कृति 'सक्सा नु पेन्युक' मा...