राज्यमन्त्रीद्वारा धान नाचेर चासोक समापन
विजयपुर । धरानमा यसपाली उधौली पर्वमा आयोजित चासोक तङनाम लिम्बु सांस्कृतिक मेला प्रदेश १ सरकारका सामाजिक विकाश राज्यमन्त्री विष्णु तुम्बाहाङफेले सहभागीहरुसंग धान नाचेर समापन गरेका छन् । पाँचौ दिन बुधवार आयोजित समारोहका विच उनले च्याब्रुङ बजाएर समारोहको प्रारम्भ गरेकी थिइन्...
